काठमाडौं– भारतीय क्रिकेट कान्ट्रोल बोर्ड (बिसिसिआई) ले २०१८–१९ सिजनका लागि २५ खेलाडीसँग सम्झौता गरेको छ। गत अक्टोबर १ देखि आगामी सेप्टेम्बर ३० सम्म लागु हुने गरी २५ क्रिकेटसँग सम्झौता भएको हो।
जसमा विकेटकिपर ब्याट्सम्यान रिशव पन्तले फड्को मारेका छन्। गत वर्ष टेस्ट क्रिकेटमा डेब्यू गरेका पन्त वार्षीक ५ करोड भारु पाउने गरी 'ग्रेड ए'मा परेका छन्। गत वर्षको २५ जनाको सम्झौतामा पन्त थिएनन्।
यता 'ग्रेड ए+' मा कप्तान विराट कोहलीसहित ३ खेलाडी परेका छन्। जसको वार्षीक तलब ७ करोड भारु रहेको छ। 'ग्रेड ए' मा पन्तसहित ११ खेलाडी छन्। यस्तै बी ग्रेडमा ४ खेलाडी र सी ग्रेडमा ७ खेलाडी छन्। रिशव पन्त, अम्बाती रायदु, हनुमा बिहारी र खालील अहमेद पहिलो पटक ग्रेडमा समावेश भएका छन् भने सुरेश रैना, पार्थिव पटेल, जयन्त यादव, अक्षर पटेल, करुण नइर र मुरली विजय सम्झौताबाट बाहिरिएका छन्।
सम्झौता भएका खेलाडी
ग्रेड ए+ (७ करोड भारु)– विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह
ग्रेड ए (५ करोड भारु)– रविचन्द्रन आस्विन, रवीन्द्र जडेजा, भुवनेश्वर कुमार, चेतेश्वर पुजारा, अजिन्का राहाणे, महेन्द्रसिंह धोनी, शिखर धवन, मोहमद सामी, इशान्त शर्मा, कुलदीप यादव, रिशव पन्त
ग्रेड बी (३ करोड भारु)– लोकेश राहुल, उमेश यादव, युजभेन्द्र चाहल, हार्दिक पाण्ड्या
ग्रेड सी (१ करोड भारु) – केदार जादव, दिनेश कार्तिक, अम्बाती रायदु, मनिष पाण्डे, हुनुमा बिहारी, खालील अहमेद, ऋद्धिमान साह
ग्रेडमा परेका
रिशव पन्त, अम्बाती रायदु, हनुमा बिहारी, खालील अहमेद
ग्रडेबाट हटेका
सुरेश रैना, पार्थिव पटेल, जयन्त यादव, अक्षर पटेल, करुण नइर, मुरली विजय
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।