सिड्नी– स्टिभ स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको एकदिवसीय टिममा पर्न असफल भएका छन्। पाकिस्तानविरुद्ध यहि महिना हुने पाँच खेलको सिरिजका लागि घोषणा गरिएको टिममा उनीहरु पर्न असफल भएका हुन्।
गत वर्ष बल टेम्परिङ काण्डमा दोषि दुवैको एक वर्षको प्रतिबन्ध २८ मार्चबाट अन्त्य हुँदैछ। दुवै खेलाडी पाकिस्तानविरुद्धको अन्तिम २ खेलका लागि योग्य दिए।
दुवै खेलाडी टिममा नपरेपछि अस्ट्रेलियाका टिम छनोटकर्ता ट्रभोर होन्सले दुवैका लागि आइपिएल राष्ट्रिय टिममा फर्कने बाटो हुन सक्ने प्रतिक्रिया दिएका छन्।
२३ मार्चदेखि सुरु हुने आइपिएलमा स्मिथ राजस्थान रोयल्स र वार्नर सनराइजर्स हैदरावादमा आबद्ध छन्।
यसअघि क्रिकेट अष्ट्रेलियाले बल टेम्परिङको आरोपमा स्मिथ र वार्नरलाई १२ महिना तथा ब्यांक्रफ्टमाथि ९ महिनाको प्रतिबन्ध लगाएको थियो।
गत वर्ष दक्षिण अफ्रिकाविरुद्धको टेस्ट म्याचका क्रममा ब्यांक्रफ्टले ‘बल टेम्परिङ’ गरेको टिभी फुटेजमा देखिएको थियो। सो कार्य कप्तान स्मिथ तथा उपकप्तान वार्नरसमेतको छलफलमा सुनियोजित रुपमै अघि बढाइएको भन्दै उनीहरुलाई अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट खेल्न नपाउनेगरी प्रतिबन्ध लगाइएको थियो।
ब्यांक्रफ्टको प्रतिबन्धको समयसीमा आगामी डिसेम्बरमा सकिएको भने वार्नर र स्मिथको प्रतिबन्ध यो महिनाको अन्त्यबाट सकिदैछ।
अस्ट्रेलियन टिम
आरोन फिन्च (कप्तान), उस्मान खावजा, साउन मार्स, पिटर ह्यान्सकम, ग्लेन म्याक्सवेल, अस्टन टर्नर, मार्कोस , एलेक्स कारी, पाट कमिङ्ग्स, नाथन काउटलर निल, जे रिचार्डसन केन रिचार्डसन, जासन बेरेनडोर्फ, नाथान लियोन, एडम जाम्पा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।