एजेन्सी– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत इंग्लिस क्लब आर्सनल पराजित भएको छ। आर्सनललाई फ्रेन्च क्लब रेन्नेसले अन्तिम १६ को पहिलो लेगमा ३–१ गोलले पराजित गरेको हो।
खेलमा आर्सनलका आओवीले तेस्रो मिनेट मै गोल गरेर अग्रता दिलाएका थिए। तर खेलको ४ १ मिनेटमा आर्सनल १० खेलाडीमा सीमित भयो। पपास्थाथोपोउलोस दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य हुँदा आर्सनल दबाबमा आएको थियो।लगत्तै रेन्नेसका बेरिगेउडले बराब री गोल फर्काएका थिए।
६५ मिनेटका आर्सनलका मोरियलले आफ्नो पोस्टमा गोल गरेपछि आर्सनल खेलमा २–१ ले पछि पार्यो। खेल सकिन २ मिनेट बाँकी छदा रेन्नेसका सारले तेस्रो गोल गरे।
लिगको अर्को खेलमा इंग्लिस क्लब चेल्सीले युक्रेनको डाइनामो किभलाई ३–० गोलले हरायो। चेल्सीका लागि पेड्रोले १७, विलियनले ६५ र हुडसन ओडोइले ९० मिनेटमा गोल गरे।
इटालियन क्लब नापोलीले अस्ट्रियन क्लब रेडबुल साल्जवर्गलाई ३–० गोलले हरायो। नापोलीका लागि मिलियकले १० र रुइजले १८ मिनेटमा गोल गरेका थिए। ५८ मिनेटमा रेडबुलका ओगुइनेले आत्मघाती गोल गरेका थिए।
यता जर्मन क्लब फ्रान्कफर्ट र इटालियन क्लब इन्टर मिलानले गोलरहित बराबरी खेलेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।