स्याङ्जा- ठगी गरेको आरोपमा प्रहरीले एक दम्पतिलाई पक्राउ गरेको छ।
पुतलीबजार नगरपालिका-३ घर भई फेदीखोला गाउपालिकास्थित ईलाका हुलाक कार्यालयमा कार्यरत महेन्द्र नेपाल र उनकी श्रीमती संगीता नेपाललाई पक्राउ गरेको हो।
पुतलीबजारमा रहेको जग्गा पास गरी दिन्छु भनी प्रलोभन देखाई नेपाल दम्पतिले विभिन्न मितिमा ३९ लाख २० बीस हजार ठगी गरेका थिए।
नेपाल दम्पतिमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।