• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस ५, २०८२ Sat, Dec 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खेलकुद मन्त्रीको एक वर्ष : पूर्वाधार निर्माण निराशाजनक, राष्ट्रको गौरवको रुपमा रहेको प्रतियोगिता हुन सकेन

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  १७:५८
1140x725

काठमाडौं– वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन्। राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ। उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ। त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ। खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको एक उल्लेख्य उपलब्धि हो। 

एक वर्षको अवधिमा खेल क्षेत्रले केही ऐतिहासिक सफलता हासिल गरे तर, पूर्वाधार निर्माण भने सरकारले सोचेअनुसार अघि बढ्न सकेन। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्षसम्म पनि फुकुवाका लागि सन्तोषजनक पहल हुन सकेन। तथापि विगत आठ वर्षदेखिको केही खेल सङ्घका विवाद समाधान र नीतिगत सुधारका पक्षमा युवा तथा खेलकूद मन्त्रालयले प्रगति हासिल गरेको छ।

सरकारले राष्ट्रको गौरवको रुपमा रहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष गरिसक्नुपर्ने थियो तर, गर्न सकेन। 

गत मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण अहिलेसम्म मितिसमेत घोषणा हुन सकेको छैन । त्यसैगरी, यही फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने स्थिति देखापरेको छ। 

पूर्वाधार अभावमा प्रतियोगिता समयमै गर्न नसके पनि सरकारले छ महिना पछि गर्ने कटिबद्धतासहित दक्षिण एशियाली ओलम्पिक कमिटीलाई मिति पर सार्न पत्राचार गरिसकेको छ।

साग सार्ने प्रस्ताव मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए। उनले भने– “भौतिक पूर्वाधार निर्माणको दिशामा यो वर्ष पर्याप्त काम हुन सकेन । त्यसकारण दुबै ठूला खेल सार्ने निर्णय गरिएको हो ।”

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूद र १३ आँै सागका लागि भौतिक पूर्वाधार निर्माण गर्न यस वर्ष रु ३३ करोड बजेट निकासा भइसकेको छ। प्रतियोगिता आयोजना गर्न रु ३५ करोड आवश्यक पर्नेमा रु १७ पनि करोड निकासा भइसकेको छ। पूर्वाधार नबनेरै प्रतियोगिता गर्न नसकिएको उनको स्वीकारोक्ति छ । झण्झटिलो टेन्डर प्रक्रियालगायतका कारण पूर्वाधार निर्माणले गति लिन नसेकेको उहाँ बताउनुहुन्छ । 

खेल सङ्घको विवाद अन्त्य

Ncell 2
Ncell 2

एक वर्षको अवधिमा मन्त्रालय विभिन्न खेल सङ्घहरूको विवाद अन्त्य गर्न सफल भएको छ। खेल सङ्घमा रहेको विवाद समाधान गर्न युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनाएरै काम थालेका थिए।

समिति गठन भएको तीन महिनाको अवधिमा समितिले तीनवटा खेल सङ्घको विवाद समाधान गर्न सक्यो। विवाद रहेका अन्य सङ्घहरूसँग छलफल भइरहेको छ।
    
आठ वर्षदेखि फरक फरक अस्तित्वमा रहेका दुई वटा नेपाल कराँते महासङ्घको विवाद अन्त्य भएको छ। सहमतिअनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेशसहित शम्भू आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ। 

तीन साताअघि मात्र समितिले मोडर्न पेन्टाथलन सङ्घको विवाद समाधान गरेको थियो। समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक सङ्घको विवाद समाधान गरी तदर्थ समिति बनायो। सङ्घहरूको विवादका कारण महत्वपूर्ण खेल गतिविधि अघि बढ्न सकेका छैनन्। उसु र तेक्वान्दो जस्ता ठूला खेलहरुमा विद्यमान विवाद पनि केही दिनभित्रै समाधान हुनेमा समितिका संयोजक तिम्सिना आशावादी छन्।

समितिले ती सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र समाधान निस्कने समितिका अर्का सदस्य युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए।  “उहाँहरूसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफलमा बस्छौँ र विवाद समाधान गछौँ,” उनले भने। 

मन्त्रालयले तिम्सिनाको संयोजकत्वमा सहसचिव न्यौपाने र राखेप खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समितिको गठन गत मङ्सिरमा गरेको थियो।

मूलपानी विवाद समाप्त

लामो समयदेखि जग्गा विवादका कारण निर्माण सम्पन्न हुन नसकेको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विवाद अन्त्य भएको छ।

मैदानको पश्चिमपट्टि रहेको १० स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि नै मुआब्जा विवाद रहँदै आएको थियो। मन्त्रिपरिषद्को गएको साउन २९ गते बसेको बैठकले उक्त विवाद सल्टाउने निर्णय गरेपछि मैदान निर्माणको कामले गति लिएको छ।

मन्त्री विश्वकर्माको पहलमा मन्त्रिपरिषद्को बैठकले उक्त ४७ आना जग्गाको सट्टा स्थानीयवासीलाई सोही स्थान नजीकै जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको हो। विश्वकर्मा खेलकूदमन्त्री भएलगत्तै गत चैत १२ गते मूलपानी मैदानको भ्रमण गरी जग्गा विवाद तत्काल समाधान गर्ने आश्वासन दिएका थिए र त्यसको झण्डै छ महिनापछि विवाद सल्टियो। 

खेलाडीको सफल वर्ष

गत वर्षको चैतमा नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाउन सक्यो। प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा मुलुकलाई रजत पदक दिलायो। शारीरिक सुगठनमा महेश्वर मास्के विश्वस्तरको पदक जित्न सफल हुनुभयो। क्रिकेटर सन्दीप लामिछाने एकपछि अर्को सफलता हात पारेर कीर्तिमान बनाउन सफल भए।

पूर्वाधार निर्माण निराशाजनक 

देशकै एकमात्र अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा रहेको दशरथ रङ्गशालामा खेल गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ मा नेपालले १३ औँ साग आयोजना गर्ने जिम्मा लिएको थियो। त्यसअनुरुप दशरथ रङ्गशालाको पुनःनिर्माण भने सन्तोषजनक ढङ्गले अघि बढिरहेको छैन।

नेपाली फुटबलको इतिहास बोकेको यो रङ्गशाला २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भयो। अहिले ७० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ। चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लड लाइट र स्कोर बोर्डको काम शुरु हुनै बाँकी छ। स्कोर बोर्ड निर्माणको काम भने शुरु भएको छ।

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाको पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि नै शुरु गरिएको भए पनि गत जेठदेखि मात्रै कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद आयोजनाका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित काम शुरु गरिएको थियो। 


सदस्य सचिव विष्टले आमामी असार मसान्तसम्ममा पुनःनिर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्छन्। रङ्गशालामा भव्य कार्यक्रम गरेर राखेपबाट बिदा हुने सोचमा छन्।

भिआइपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको कामको जिम्मा पिएल प्रतिष्ठा किराँतेश्वर जेभीले लिएको छ। राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनीयर अरुण उपाध्यायका अनुसार अहिले १०० देखि १५० मजदूरले दैनिक काम गरिरहेका छन्। 

– कुमार चौलागाईं र मुना कार्की/रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ?
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
के हो फ्याट लस ड्रग्स ? कसरी काम गर्छ ? शनिबार, पुस ५, २०८२
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै काठमाडौँ महानगर शनिबार, पुस ५, २०८२
साफ महिला क्लब च्याम्पियनसिप : उपाधिका लागि एपीएफ र इस्ट बंगाल भिड्दै शनिबार, पुस ५, २०८२
काठमाडौँमा आज नेकपाको एकता सन्देश सभा शनिबार, पुस ५, २०८२
सभापति देउवाले उपसभापति र महामन्त्रीसँग छलफल गर्दै शनिबार, पुस ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रुपन्देहीमा १७ वर्षीय किशोरको वीभत्स हत्या, नालीमा भेटियो शव शुक्रबार, पुस ४, २०८२
६० सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) शुक्रबार, पुस ४, २०८२
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए शुक्रबार, पुस ४, २०८२
रिहाइपछि रविको प्रतिक्रिया- अन्यायको हिसाब मिलाउन बाँकी छ, अहिले बोल्दिनँ शुक्रबार, पुस ४, २०८२
भैरहवाको मौसम खुलेन,चितवन हुँदै भैरहवा जाँदै रवि शुक्रबार, पुस ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
थुनामुक्त हुने रविले पालना गर्नुपर्ने तीन शर्त बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
यी हुन् एमाले महाधिवेशनमा मतदान नगर्ने प्रतिनिधि बिहीबार, पुस ३, २०८२
एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव सोमबार, मंसिर २९, २०८२
अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि, कुन पदाधिकारीको कति ? बिहीबार, पुस ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्