• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

खेलकुद मन्त्रीको एक वर्ष : पूर्वाधार निर्माण निराशाजनक, राष्ट्रको गौरवको रुपमा रहेको प्रतियोगिता हुन सकेन

64x64
नेपाल लाइभ बिहीबार, फागुन २३, २०७५  १७:५८
1140x725

काठमाडौं– वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा खेल क्षेत्रमा दूरगामी असर पार्ने कार्यहरु भएका छन्। राष्ट्रिय खेलकूद ऐनलाई सङ्घीय संरचनाअनुसार परिवर्तन गर्न सरकार सफल भएको छ। उक्त विधेयक अहिले राष्ट्रियसभामा छलफलको क्रममा छ। त्यसैगरी, प्रत्येक स्थानीय तहमा खेलग्राम बनाउने कार्यविधि मन्त्रिपरिषद्बाट पारित भएको छ। खेल सङ्घहरुबीचका कतिपय विवादको निराकरण सरकारको एक वर्षको अवधिमा भएको एक उल्लेख्य उपलब्धि हो। 

एक वर्षको अवधिमा खेल क्षेत्रले केही ऐतिहासिक सफलता हासिल गरे तर, पूर्वाधार निर्माण भने सरकारले सोचेअनुसार अघि बढ्न सकेन। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेको तीन वर्षसम्म पनि फुकुवाका लागि सन्तोषजनक पहल हुन सकेन। तथापि विगत आठ वर्षदेखिको केही खेल सङ्घका विवाद समाधान र नीतिगत सुधारका पक्षमा युवा तथा खेलकूद मन्त्रालयले प्रगति हासिल गरेको छ।

सरकारले राष्ट्रको गौरवको रुपमा रहेको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) र आठौँ राष्ट्रिय खेलकूद यसै वर्ष गरिसक्नुपर्ने थियो तर, गर्न सकेन। 

गत मङ्सिर महिनामा प्रदेश नं ५ का विभिन्न स्थानमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद पूर्वाधार अभावका कारण अहिलेसम्म मितिसमेत घोषणा हुन सकेको छैन । त्यसैगरी, यही फागुन २५ देखि चैत ५ गतेसम्म नेपालमा हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद (साग) निर्धारित मितिमा नहुने स्थिति देखापरेको छ। 

पूर्वाधार अभावमा प्रतियोगिता समयमै गर्न नसके पनि सरकारले छ महिना पछि गर्ने कटिबद्धतासहित दक्षिण एशियाली ओलम्पिक कमिटीलाई मिति पर सार्न पत्राचार गरिसकेको छ।

साग सार्ने प्रस्ताव मन्त्रालयले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मार्फत पठाएको सदस्यसचिव केशवकुमार विष्टले जानकारी दिए। उनले भने– “भौतिक पूर्वाधार निर्माणको दिशामा यो वर्ष पर्याप्त काम हुन सकेन । त्यसकारण दुबै ठूला खेल सार्ने निर्णय गरिएको हो ।”

सदस्यसचिव विष्टका अनुसार आठौँ राष्ट्रिय खेलकूद र १३ आँै सागका लागि भौतिक पूर्वाधार निर्माण गर्न यस वर्ष रु ३३ करोड बजेट निकासा भइसकेको छ। प्रतियोगिता आयोजना गर्न रु ३५ करोड आवश्यक पर्नेमा रु १७ पनि करोड निकासा भइसकेको छ। पूर्वाधार नबनेरै प्रतियोगिता गर्न नसकिएको उनको स्वीकारोक्ति छ । झण्झटिलो टेन्डर प्रक्रियालगायतका कारण पूर्वाधार निर्माणले गति लिन नसेकेको उहाँ बताउनुहुन्छ । 

खेल सङ्घको विवाद अन्त्य

Ncell 2
Ncell 2
nimb
nimb

एक वर्षको अवधिमा मन्त्रालय विभिन्न खेल सङ्घहरूको विवाद अन्त्य गर्न सफल भएको छ। खेल सङ्घमा रहेको विवाद समाधान गर्न युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले राखेप उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनाएरै काम थालेका थिए।

समिति गठन भएको तीन महिनाको अवधिमा समितिले तीनवटा खेल सङ्घको विवाद समाधान गर्न सक्यो। विवाद रहेका अन्य सङ्घहरूसँग छलफल भइरहेको छ।
    
आठ वर्षदेखि फरक फरक अस्तित्वमा रहेका दुई वटा नेपाल कराँते महासङ्घको विवाद अन्त्य भएको छ। सहमतिअनुसार तीन महिनाभित्र नयाँ निर्वाचन गर्ने कार्यादेशसहित शम्भू आचार्यको संयोजकत्वमा २१ सदस्यीय तदर्थ कमिटी गठन भएको छ। 

तीन साताअघि मात्र समितिले मोडर्न पेन्टाथलन सङ्घको विवाद समाधान गरेको थियो। समितिले गत माघ ९ गते नेपाल जिम्न्यास्टिक सङ्घको विवाद समाधान गरी तदर्थ समिति बनायो। सङ्घहरूको विवादका कारण महत्वपूर्ण खेल गतिविधि अघि बढ्न सकेका छैनन्। उसु र तेक्वान्दो जस्ता ठूला खेलहरुमा विद्यमान विवाद पनि केही दिनभित्रै समाधान हुनेमा समितिका संयोजक तिम्सिना आशावादी छन्।

समितिले ती सङ्घसँग पनि निरन्तर छलफल गरिरहेको र केही साताभित्र समाधान निस्कने समितिका अर्का सदस्य युवा तथा खेलकूद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेले जानकारी दिए।  “उहाँहरूसँग भएको छलफल सकारात्मक रुपमा अगाडि बढेको छ, केही दिनमा हामी पुनः छलफलमा बस्छौँ र विवाद समाधान गछौँ,” उनले भने। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मन्त्रालयले तिम्सिनाको संयोजकत्वमा सहसचिव न्यौपाने र राखेप खेलकूद विकास विभाग प्रमुख कुलबहादुर थापा सदस्य रहेको तीन सदस्यीय समितिको गठन गत मङ्सिरमा गरेको थियो।

मूलपानी विवाद समाप्त

लामो समयदेखि जग्गा विवादका कारण निर्माण सम्पन्न हुन नसकेको मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको विवाद अन्त्य भएको छ।

मैदानको पश्चिमपट्टि रहेको १० स्थानीयवासीको ४७ आना जग्गामा शुरुदेखि नै मुआब्जा विवाद रहँदै आएको थियो। मन्त्रिपरिषद्को गएको साउन २९ गते बसेको बैठकले उक्त विवाद सल्टाउने निर्णय गरेपछि मैदान निर्माणको कामले गति लिएको छ।

मन्त्री विश्वकर्माको पहलमा मन्त्रिपरिषद्को बैठकले उक्त ४७ आना जग्गाको सट्टा स्थानीयवासीलाई सोही स्थान नजीकै जग्गा नै उपलब्ध गराउने निर्णय गरेसँगै चार वर्षदेखिको विवाद अन्त्य भएको हो। विश्वकर्मा खेलकूदमन्त्री भएलगत्तै गत चैत १२ गते मूलपानी मैदानको भ्रमण गरी जग्गा विवाद तत्काल समाधान गर्ने आश्वासन दिएका थिए र त्यसको झण्डै छ महिनापछि विवाद सल्टियो। 

खेलाडीको सफल वर्ष

गत वर्षको चैतमा नेपाली क्रिकेटले ऐतिहासिक एक दिवसीय मान्यता पाउन सक्यो। प्याराग्लाइडिङले १८ औँ एशियाली खेलकूदमा मुलुकलाई रजत पदक दिलायो। शारीरिक सुगठनमा महेश्वर मास्के विश्वस्तरको पदक जित्न सफल हुनुभयो। क्रिकेटर सन्दीप लामिछाने एकपछि अर्को सफलता हात पारेर कीर्तिमान बनाउन सफल भए।

पूर्वाधार निर्माण निराशाजनक 

देशकै एकमात्र अन्तर्राष्ट्रिय खेल मैदानको रूपमा रहेको दशरथ रङ्गशालामा खेल गतिविधि नभएको चार वर्ष हुन लाग्यो । सन् २०१९ मा नेपालले १३ औँ साग आयोजना गर्ने जिम्मा लिएको थियो। त्यसअनुरुप दशरथ रङ्गशालाको पुनःनिर्माण भने सन्तोषजनक ढङ्गले अघि बढिरहेको छैन।

नेपाली फुटबलको इतिहास बोकेको यो रङ्गशाला २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भयो। अहिले ७० प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भएको छ। चीन सरकारले बनाइदिने सम्झौता भएको एथलेटिक्स ट्र्याक, साउन्ड सिस्टम, फ्लड लाइट र स्कोर बोर्डको काम शुरु हुनै बाँकी छ। स्कोर बोर्ड निर्माणको काम भने शुरु भएको छ।

अठार हजार दर्शक क्षमताको दशरथ रङ्गशालाको पुनःनिर्माण प्रक्रिया भूकम्पको एक वर्षपछि नै शुरु गरिएको भए पनि गत जेठदेखि मात्रै कामले गति लिएको थियो । फागुन अन्तिम साता हुने तय भएको १३ औँ दक्षिण एशियाली खेलकूद आयोजनाका लागि रङ्गशाला तयार पार्ने लक्ष्यसहित काम शुरु गरिएको थियो। 


सदस्य सचिव विष्टले आमामी असार मसान्तसम्ममा पुनःनिर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्छन्। रङ्गशालामा भव्य कार्यक्रम गरेर राखेपबाट बिदा हुने सोचमा छन्।

भिआइपी प्यारापिट र साधारण प्यारापिटको तल्लो चार तहको कामको जिम्मा पिएल प्रतिष्ठा किराँतेश्वर जेभीले लिएको छ। राखेपका पूर्वाधार तथा निर्माण विभागका प्रमुख इन्जिनीयर अरुण उपाध्यायका अनुसार अहिले १०० देखि १५० मजदूरले दैनिक काम गरिरहेका छन्। 

– कुमार चौलागाईं र मुना कार्की/रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्