संखुवासभा– संखुवासभाको मादी नगरपालिका–५ ढाडेगाउँबाट प्रहरीले अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ।
ढाडेगाउँका २३ वर्षीय बुद्धिमान तामाङ र ३६ वर्षीय सञ्जय तामाङ पक्राउ परेका हुन्।
उनीहरुको साथबाट प्रहरीले मेड इन युएसए लेखिएको पेस्तोल १ थान, म्याग्जिन १ थान र गोली १ थान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो।
विशेष सुराकीको आधारमा पक्राउ परेका दुवैलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।