काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवको कपिलवस्तुस्थित घरमा प्रहरीले छापा मारेको छ।
आज बिहान नेपाल प्रहरीको टोलीले कपिलवस्तुको शिवराज नगरपालिका– ९ स्थित शिवगढीमा विप्लवको घरसहित अन्य घरमा पनि छापा मारेको हो।
प्रहरीले विप्लवको घरबाट एसएमजी दुई थान, चाइनिज पेस्तोल एक थान, दुई सय राउन्ड गोलीसहित विस्फोटक पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
छापा मार्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडपसमेत भएको थियो। झडपमा प्रहरी जवान अमर वली र पुतली चौधरी घाइते भएका छन्। प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ गरेका व्यक्तिको नाम प्रहरीले गोप्य रोखेको छ। प्रहरीले विशेष सुराकीको आधारमा सर्च अपरेसन चलाएको थियो। अपरेसनका क्रममा विप्लवका भतिजा यादव चन्दको घरबाट समेत ठूलो मात्रामा हतियार बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।