लिस्बन– पोर्चुगिज क्लब एफसी पोर्टो युरोपियन च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ। पोर्टोले बुधबार इटालियन क्लब रोमाविरुद्ध अन्तिम १६ को दोस्रो लेगमा ३–१ को जित निकालेर अन्तिम आठमा स्थान पक्का गरेको हो।
यसअघि पहिलो लेगमा २–१ ले पराजित भएको पोर्टोले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्न सफल भएको हो।
दोस्रो लेगमा पोर्टोका लागि फ्रान्सिस्को सोएरेजले २६ र मारेगाले ५२ मिनेटमा गोल गरे। रोमाका लागि डि रोसीले ३७ मिनेटमा गोल गरेका थिए।
त्यसपछि खेलमा कुनै पनि गोल भएन। निर्धारित समयको खेलमा पोर्टो २–१ ले विजयी भए पनि समग्रमा खेलमा ३ –३ को बराबरी भयो। त्यसपछि थप गरिएको सयममा पोर्टोले गोल गर्यो। पोर्टोका लागि टेलेसले थप समयको खेल सकिन ३ मिनेट बाँकी छदा पेनाल्टीमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।