काठमाडौं– नेपाल शारीरिक सुगठन तथा फिटनेश संघको आयोजनामा नेपालमा बाह्रौं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता २०७६ आसारमा हुने भएको छ।
राजधानीमा पत्रकार सम्मेलन गर्दै संघले तेश्रो पटक नेपालले आयोजना गर्न लागेको दक्षिण एशियाली शारीरिक सुगठन आगामी असार ६ र ७ गते प्रज्ञा भवन आयोजना गर्न लागिएको जानकारी गराएको हो।
विश्व शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव एवं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका अध्यक्ष दातुक पाउल चुआ र एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस् महासंघका महासचिव चेतन पाथरेको समेत उपस्थितीमा भएको पत्रकार सम्मेलनमा दक्षिण एशियाली प्रतियोगितामा शारिरीक सुगठन विधा अन्तरगतका ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी, ८० केजी, ८५ केजी, ९० केजी र सो भन्दा माथि प्रतिस्पर्धा हुने जानकारी गराइयो । संघले प्रथम पटक शारीरिक सुगठन विधाको पुरुष फिटनेश फिजिक्समा १७० सि.एम सम्म र १७० सि.एम.माथी उचाई तथा महिला तर्फ १६५ सिएम र १६५ सिएम भन्दा माथीको उचाई समूह गरि कुल १३ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल सहित भारत, बंगलादेश, भुटान, मालदिभ्स, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका करिव १५० खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने छन्।
नेपालले उक्त प्रतियोगिताको लागि २० र २१ गते काठमाडौंमा आयोजना हुने सातौं मि. हिमालय प्रतियोगिताका विजेता खेलाडीहरुलाई समावेश गराउने सम्मेलनमा संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।