काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ नियुक्त हुनुभएको छ । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा छिरिङलाई पुनःनियुक्त गरेको हो । यसअघि पनि लोप्साङले पाँच वर्षअघि मनाङ मस्र्याङ्दी क्लब सम्हालेका थिए।
छिरिङको नाम मुख्य प्रशिक्षकका रूपमा समावेश गर्दै मनाङले एएफसी कपका लागि खेलाडीको प्रारम्भिक सूची पठाएको छ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी अधिकांश खेलाडीले एएफसी कप खेल्नेछन्।
मनाङ क्लबको व्यवस्थापन भर्खरै मात्र परिवर्तन भएको थियो। प्रत्येक दुई वर्षमा परिवर्तन हुने नेतृत्व अनुसार क्लबको अध्यक्ष छिमी उर्गेन गुरुङ चयन भएका थिए। क्लबको नेतृत्वमा छिमीको पुनरागमनसँगै छिरिङले मनाङको मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका हुन्।
लोप्साङ नेपालबाट एएफसीको ‘ए’ ग्रेडको लाइसेन्स प्राप्त गर्ने पहिलो ब्याचका प्रशिक्षक समेत हुन्। अघिल्लो महीना सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जित्दा मनाङको मुख्य प्रशिक्षकमा सुमन श्रेष्ठ थिए। श्रेष्ठले एन्फाको यू–२३ टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी सम्हालेलगत्तै मनाङले नयाँ प्रशिक्षक नियुक्त गरेको हो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।