काठमाडौं– क्रिकेट केन्याको आयोजनामा नेपालसहित ८ टिमले सहभागिता जनाउने भनिएको टी–२० क्रिकेट सिरिज २०१९ स्थगित गरिएको छ। नेपाली टिमका व्यवस्थापक रमन सिवाकोटीका अनुसार प्राविधिक कारणले प्रतियोगिता सारेको हो।
सिवाकोटीका अनुसार प्रतियोगिता २ देखि ३ हप्ता सारेको हो। नयाँ मिति छिट्टै सार्वजनिक हुने सिवाकोटीले बताए।
क्रिकेट केन्याको आयोजनामा नैरोबीमा हुने प्रतियोगिता यसअघि मार्च २२ बाट सुरु हुने बताइएको थियो। ३१ मार्चसम्म हुने तय भएको प्रतियोगिताको विषयले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को बैठकमा समेत प्रवेश पाएको थियो।
प्रतियोगितामा आयोजक केन्यासहित नेपाल, ओमान र हङकङले भाग लिने तय थियो। यस्तै दक्षिण अफ्रिका, जिम्बावे र वेस्ट इन्डिजको 'ए' टिमले सहभागिता जनाउने बताइएको छ। यस्तै भारत र पाकिस्तानका 'ए' पनि प्रतियोगिताले भाग लिन यसअघि नै तय भएको क्रिकबजले दाबी गरेको छ। यद्यपी दुई देशबीच जारी द्वन्द्वका कारण भाग लिने वा नलिने विषयमा भन्न सकिने अवस्था छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।