म्याड्रिड- युरोपियन च्याम्पिन्यस लिगको साविक विजेता रियल म्याड्रिड अन्तिम १६ बाटै बाहिरिएको छ। १३ पटकको च्याम्पियन रियल पछिल्लो २२ वर्षमा अन्तिम १६ बाट पहिलो पटक बाहिरिएको हो।
रियललाई डच क्लब अजाक्सले दोस्रो लेगमा ४-१ ले हरायो। यसअघि पहिलो लेगमा अजाक्स २-१ ले पराजित भएको थियो। दोस्रो लेगमा ४ गोल गरेसँगै अजाक्स समग्रमा ५-३ को नतिजासहित अन्तिम आठमा प्रवेश गरेको हो।
रियलको घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको दोस्रो लेगमा अजाक्सका लागि जियचले सातौं, नेरेसले १८, टाडिकले ६२ र स्नोचले ७२ मिनेटमा गोल गरेका थिए।
रियलका लागि एसेन्सियोले ७० मिनेटमा गोल फर्काएका थिए। दोस्रो हाफको इन्जुरी टाइममा नाचो दोस्रो पहेँलो कार्डको सिकार बन्दा रियल १० खेलाडीमा सीमित बन्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।