डर्टमुन्ड-जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई हराउँदै इंग्लिस क्लब टोटनह्याम युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ।
टोटनह्यामले मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा डर्टमुन्डलाई १-० गोलले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेको हो।
यसअघि पहिलो लेगमा ३-० को जित हात पारेको टोटनह्याम समग्रमा ४-० को नतिजासहित अघिल्लो चरणमा पुगेको हो। टोटनह्यामले सन् २०११ पछि पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको हो।
मंगलबार भएको दोस्रो लेगमा टोटनह्यामका लागि ह्यारी केनले ४८ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।