नागपुर- अस्ट्रेलियालाई अन्तिम ओभरमा जितका लागि ११ रन चाहिएको स्थितिमा विजय शंकरले २ विकेट लिएपछि भारतले दोस्रो एकदिवसीय खेलमा अस्ट्रेलियालाई ८ रनले पराजित गरेको छ।
शंकरले अन्तिम ओभरको पहिलो बलमा मार्कोस स्टोइनिसलाई ५२ रन र तेस्रो बलमा एडम जाम्पालाई २ रनमा आउट गरेका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २ सय ५० रन बनाएको थियो। जसमा कप्तान विराट कोहलीले १ सय १६ रन बनाएका थिए। बलिङमा अस्ट्रेलियाका पास कमिङ्ले ४ विकेट लिएका थिए।
अस्ट्रेलिया भने ३ बल खेल्न बाँकी छदा २ सय ४२ रनमा अलआउट भयो। उसका लागि स्टोइनिसले सबैभन्दा बढी ५२ रन बनाए। बलिङमा भारतका कुलदिप यादवले ३ विकेट लिदा शंकर र जसप्रित बुहराहले २-२ विकेट हात पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।