काठमाडौं– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा शहीद स्मारक ‘सी’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ।
एन्फाद्वारा आज सार्वजनिक गरिएको खेल तालिकाअनुसार बुधबारदेखि सुरु हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा खालीबारी युवा क्लब र समाज कल्याण खेलकूद केन्द्र क्लबले प्रतिस्पर्धा गर्नेछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुने उक्त खेल अपराह्न १२:४५ बजे हुनेछ।
त्यस्तै बुधबार नै हुने अर्को खेल महावीर स्टडिज एण्ड एथलेटिक्स एशोसियशन र सानेपा क्लबबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल दिउँसो ३:४५ बजे हुनेछ। सी डिभिजन लिगमा विभिन्न ११ क्लब सहभागी हुने छन्। प्रतियोगितामा सहभागी क्लबलाई दुई समूहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा सामाजिक युथ क्लब, स्वयम्भू युवा क्लब, प्लानिङ ब्वाइज, ओसीस, मनोहोरा र सानो गौचरण क्लब छन्।
त्यसैगरी समूह ‘बी’ मा वीरगञ्ज युथ क्लब, खालीबारी युथ क्लब, महावीर स्टडिज एण्ड एथलेटिक्स एशोसियशन, सानेपा र समाज कल्याण खेलकूद केन्द्र क्लब रहेका छन्। प्रत्यक समूहका शीर्ष दुई टोली दोस्रो चरणमा पुग्नेछन् भने शीर्ष चार टोलीबीच सुपर लिगका आधारमा विजेता र उपविजेताको छनोट गरिनेछ।
खेल तालिका :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।