स्थानीय तहको निर्वाचनका कारण प्रदेश २ का ८ जिल्लामा सार्वजनिक विदा हुने भएको छ। निर्वाचन आयोगले २ गते त्यस प्रदेशमा विदा दिन सरकारलाई पत्राचार गरेको हो। आयोगले भदौ २९ गते देखि असोज २ गतेसम्म शैक्षिक संस्थामा विदा दिन सरकारलाई पत्राचार गरेको छ। यस्तै निर्वाचनपछि मतगणना हुने शैक्षिक संस्थामा विदा दिन पनि आयोगले पत्राचार गरेको छ। मतदान केन्द्र तोकिएका कार्यालय आयोग मातहतका कर्मचारीलाई निर्वाचन अवधिभर हस्तान्तरण गर्न आयोगले भनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।