• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

किन हुन्छ ढाड दुख्ने समस्या ?

64x64
नेपाल लाइभ मंगलबार, फागुन २१, २०७५  २१:४६
1140x725

हामीमध्ये धेरैलाई कहिलेकाहीँ ढाड दुख्ने समस्या हुन्छ । यो कसैलाई कम हुन्छ भने कसैलाई बढी भएर औषधी नै खानुपर्ने अवस्था आउछ । चिकित्सककहाँ पुग्नेमध्ये अधिकांशको ढाड दुख्ने समस्या भएको पाइन्छ । यो पूरानो समस्या हो । कूल जनसंख्याको ८० प्रतिशत मानिसको जीवनमा कुनै न कुनै बेला ढाड दुख्ने समस्या भएको हुन्छ पनि भन्ने गरिन्छ । 

ढाड दुख्दा जति हामी आत्तिन्छौँ त्यति डरलाग्दो भने होइन । सामान्य केही कुरामा ध्यान दिन सक्यौं भने यो समस्याबाट अलिक टाढा रहन सकिन्छ । तर सधैं सामान्य कारणले मात्र ढाड दुख्छ भन्नेचाहिँ होइन । कहिलेकाहीँ अन्य विभिन्न कारणले पनि ढाड दुख्ने समस्या आउनसक्छ । यस्तो अवस्थामा भने चिकित्सकलाई देखाउनुपर्छ । अस्पतालमा आउनेमध्ये धेरै महिला हुन्छन् । निहुरिएर घरको काम गर्ने भएकाले उनीहरु ढाडको समस्याबाट धेरै पीडित हुन्छन् । 

किन हुन्छ ढाड दुख्ने समस्या ? 

मेरुदण्डको हड्डीभित्र मुख्य नशा, त्यसवरपर हुने लिगामेन्ट तथा दुई हड्डीबीचमा नरम मासु हुन्छ जसलाई डिक्स भनिछ । मांसपेशी र अन्य तन्तुमा जहाँ चोट लागेपनि ढाड दुख्ने समस्या हुन सक्छ ।
आजकाल एक्स रे तथा, एमआरआई सिटीस्क्यान गरेर ढाड दुखेको कारण पत्ता लगाउने गरिन्छ । तर कहिलेकाहीँ औषधी खाँदा, विभिन्न टेष्ट गरेर हेर्दासमेत रोग पत्ता लगाउन सकिदैंन । हामीले यसलाई ‘म्याजिक बक्स’ भनेर पनि पढ्छौँ । रोगै पत्ता लगाउन नसकिने अवस्थाचाहिँे कहिलेकाहीँ मात्र हुन्छ । 

खासगरी ८० देखि ९० प्रतिशत मांसपेशी र लिगामेन्ट तन्किने, खुम्चिने कारणले गर्दा ढाड दुख्छ । सुताई नमिल्दा, पल्टिएर लामो समय कम्प्युटर मोबाइल चलाउने, गह्रौँ सामान उठाउने, निहुरिएर काम गर्नेमा यस्तो समस्या बढी हुन्छ । नेपाली समाजमा यसलाई ‘चस्को पसेको’ पनि भनिन्छ । 

प्रायः ३५ देखि ५५ उमेर समूहका मानिसमा बढी देखिन्छ । तर अरु उमेर समूहका जोकसैलाई पनि ढाड दुख्ने समस्या हुनसक्छ । यो सामान्यतया मौसम परिवर्तन हुदाँ बढी देखिन्छ । किनकि जाडोबाट गर्मी हुदाँ हामी कम कपडा ओडेर वा नओडी सुत्छाँै । बिहान हुदैँ जाँदा जाडोले हामी कुक्रुक्क परेर सुत्दा मांसपेशी तन्किएर वा खुम्चिएर दुख्ने समस्या बढी हुन्छ ।

साधारण कुरामा ध्यान दिन सकेमा ढाड दुखेर अफिस नै छुट्टी लिनुपर्ने अवस्था आउँदैन । 

अन्य कारणले पनि दुख्छ

Ncell 2
Ncell 2

यसबाहेक अन्य कारणले पनि ढाड दुख्ने समस्या हुनसक्छ । कहिलेकाहीँ डिक्स फुट्दा नशा च्यापिएर पनि दुखाई हुन्छ । मेडिकलको भाषामा यसलाई साइटिका भनिन्छ । यस्तोमा हातखुट्टा झमझम हुने, दुख्ने हुन्छ । यस्तो अवस्थामा भने हामीले  चिन्ता लिनुपर्ने हुन्छ ।

यस्तो समस्या भएमा दुखाई घुडाँतिर या कम्मर मुन्तिर खुट्टातिर सर्ने हुन्छ । पाठेघरको समस्या, मिर्गौलामा पत्थरी भएको छ भने पनि ब्याक पेन हुन्छ । दिसा गर्ने अंग लाटो हुने, दिसापिसाब नियन्त्रण नहुने जस्ता समस्या पनि हुन्छ । यस्तो बेलामा तुरुन्त चिकित्सककहाँ गएर उपचार गराइहाल्नुपर्छ ।

त्यसबाहेक मेरुदण्ड संक्रमण, साधारण कब्जियतको समस्या, खानपानले ठूलो आन्द्रामा असर पर्दा पनि ढाड दुख्ने समस्या हुन्छ ।

अझै काठमाडौँको सडकमा बाइक चलाउने हरुमा पनि सबैभन्दा धेरै ढाड दुख्ने समस्या बढी छ । किनकि यहाँको बाटोमा खाल्डाखुल्डी बढी छ । बाइक चलाउँदा खाल्डामा घचक्क हुँदा ढाड दुख्ने तथा डिक्स फुट्ने समस्या बढी हुन्छ । एउटा खाल्डामा एकपटक झट्का पर्दा ६ गुणासम्मको लोड लिनुपर्छ भनिन्छ । हाम्रा सडकमा गुड्दा कतिपल्ट झड्का लिनुपर्छ, गणना नै छैन ।

समस्याबाट बच्न के गर्ने/नगर्ने

– सुत्दा धेरै लचकदार तथा फोम भएको भन्दा कडा बेडमा सुत्ने ।
–   धेरै समय सुतेर टिभी हेर्न, मोबाइल, ल्यापटप चलाउन कम गर्ने
–   बाइक चलाउने क्रममा खाल्डो आउँदा अलिकता उठेर चलाउने । 
–  ढाड दुखाईसँगै ज्वरो आउने, हातखुट्टा झमझमाउने, दुख्ने हुन्छ भने चिकित्सककहाँ जानुपर्छ ।
–   तनाव नलिइकन काम गर्नुपर्छ,  ढाड दुख्ने, तनाव र डिप्रेसनबीच आपसमा अन्तरसम्बन्ध छ । 
–   अन्य जोखिमहरु मोटोपन, मधुमेहलगायतका रोग पनि ढाड दुखाईका कारण हुन् ।
– दुई वर्षभन्दा कम उमेर बालबालिकालाई मोनिटर भएका कुनै पनि साधन चलाउन नदिने । त्यसले ढाड दुख्ने समस्या त हुन्छ नै , उनीहरुको सिर्जनात्मक सोच्ने शक्ति कमजोर हुन्छ । 
–   धेरै निहुरिएर काम नगर्ने, भुई पुछ्दा उभिएर पुछ्ने, एकैपटक धेरै कपडा नधुने, सामान पनि धेरै तौल भएको नठाउने गर्नुपर्छ ।
–  बच्चामा ढाड दुख्ने समस्या भयो भने अलि राम्ररी जाँच गर्नु आवश्यक छ । उनीहरु खेल्दा लड्ने र रुघाखोकी लाग्दा ढाड दुख्ने हुन्छ । २५ वर्षभन्दा मुनिका मानिसलाई लगातार ढाड दुख्यो भने खतराको लक्षण हो ।
–  दिसापिसाव भएको छैन वा रोकिदैन, ज्वरो आयो, तौल घटिरहेको छ, दुखाई तिघ्राभन्दा तल सर्दै गएको छ भने पनि अस्पताल गई विशेषज्ञलाई देखाइहाल्नुपर्छ ।
– त्यसबाहेक सुुत्दा पोजिसन मिलाएर सुत्ने, महिलाले महिनावारी हुँदा अलि कम काम गर्ने गर्नुपर्छ ।

 (डा कार्की मनमोहन मेमोरियल सामुदायिक अस्पतालका  कन्सल्ट्यान्ट हाडजोर्नी सर्जन हुन् 

प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५  २१:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण
सम्बन्धित सामग्री
जाडो मौसममा बच्चालाई कसरी सुरक्षित राख्ने ? जाडो मौसममा बालबालिकाको सक्रियाता कम हुने गर्छ। शारीरिक सक्रियता कम हुँदा, घरभित्रै मात्र बसिरहँदा बालबालिकामा कुनै रोग छ भने एकबाट... शनिबार, पुस ५, २०८२
खाना खाने बित्तिकै ट्वालेट जानुपर्छ? यस्ता समस्या हुन सक्छन्... जब खाना पेटसम्म पुग्छ, तब ठूलो आन्द्रालाई सिग्नल पुग्छ। यो सिग्नलले ठूलो आन्द्रालाई संकुचन गराउन भन्छ। जसले त्यहाँ रहेका मललाई रेक्ट... बिहीबार, पुस ३, २०८२
जाडोयाममा बढी देखिने कत्ले रोग के हो? सामान्यतया आनुवंशिक (जेनेटिक) कारणले नै कत्ले रोग देखिन सक्छ। तर कतिपयमा जेनेटिक कारण नभए पनि यो समस्या देखिनसक्छ। यो समस्या जाडोयाम... बिहीबार, मंसिर २५, २०८२
ताजा समाचारसबै
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस कार्यसमितिले आयोगमा बुझायो विवरण बिहीबार, माघ १, २०८२
कांग्रेस प्रवक्तामा देवराज चालिसे नियुक्त बिहीबार, माघ १, २०८२
देउवाको हस्ताक्षर हटाउने र नवनिर्वाचित टीम आयोगमा अद्यावधिक गर्ने गगन नेतृत्वको कांग्रेसको निर्णय बिहीबार, माघ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगनलाई प्रधानमन्त्रीको उम्मेदवारसहित संस्थापनलाई ८ बुँदे प्रस्ताव, संस्थापनद्वारा अस्वीकार बुधबार, पुस ३०, २०८२
पार्टीबाट निष्कासनमा परेपछि विश्वप्रकाश–  ‘गगन र म दुवै दृढ छौँ, विशेष महाधिवेशनले सही नेतृत्व दिनेछ’ बुधबार, पुस ३०, २०८२
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोग पुग्यो देउवा पक्षको पत्र, महामन्त्रीद्वयलाई कारबाही गरेको जानकारी बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्