एजेन्सी– दक्षिण अफ्रिकाका लेगस्पिनर इमरान ताहिरले एकदिवसीय विश्वकपपछि संन्यास लिने घोषणा गरेका छन्।
श्रीलंकाविरुद्धको एकदिवसीय सिरिज खेलिरहेका ताहिरले आगामी मे अन्तिम साताबाट हुने एकदिवसीय विश्वकपपछि एकदिवसीय खेलबाट संन्यास लिने बताएका हुन्। उनले श्रीलंकाविरुद्धको खेलमा ३ विकेट लिएका थिए। ताहिरले सन् २०२० को टी–२० विश्वकप भने खेल्ने विश्वास गरिएको छ।
यहि महिना ४० वर्ष पुग्न लागेका उनले विश्वकप खेल्ने इच्छा पूरा गरेर संन्यास लिने बताएका हुन्। उनले आफू २०२० को टी–२० विश्वकप खेल्न सक्षम भएको बताउँदै अवसर पाउने विश्वास व्यक्त गरेका छन्।
ताहिरले दक्षिण अफ्रिकाका लागि ९५ एकदिवसीय खेल खेल्दै १ सय ५६ विकेट लिएका छन्। उनी गत वर्ष दक्षिण अफ्रिका लागि छिटो १ सय ५० विकेट लिने खेलाडी बनेका थिए।
उनले सन् २०११ को विश्वकपमा एकदिवसीय खेलमा डेब्यू गरेका थिए। दक्षिण अफ्रिकाका लागि २० टेस्ट र ३७ टी–२० खेल खेलेका उनी टिमका भरपर्दा बलरमा गनिन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।