काठमाडौं– पाकिस्तान सुपर लिग (पिएसएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध लाहोर क्वालन्डर्सले आफ्नो आठौं खेल खेल्दैछ। लाहोरले मंगलबार साँझ पेसावर जल्मीविरुद्ध भिड्न लागेको हो।
यसअघिका सात खेलमा लाहोरले ३ खेलमा जित निकालेको थियो। ६ अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा रहेको लोहोरका लागि प्लेअफमा पुग्न पेसावरविरुद्धको खेल जित्नु पर्ने दबाब छ।
सुरुवाती खेलमा कप्तानी गरेका एबी डिभिलियर्स चोटका कारण स्वदेश फर्किएपछि लाहोर थप दबाबमा हुनेछ।
लिगका बाँकी खेल पकिस्तानमा हुनेछ। यसअघिका खेल युएईमा भएका थिए।
लाहोरले नवौं खेल खेल इस्लामावाद युनाटेडसँग र दशौं खेल मुल्तान सुल्तानसँग खेल्नेछन्। दुवै खेल कराचीमा हुनेछन्। पिएसएलको फाइनल पनि आगामी १७ मार्चमा कराचीमै हुने तय छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।