कैलाली- कैलाली प्रहरीले महाशिवरात्रीमा आवाञ्छित गतिविधि गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कैलालीका विभिन्न स्थानबाट प्रहरीले महाशिवरात्रीमा भाँङको पकौडा, मिठाईलगायतका सामान बनाउने तथा बिक्री गर्ने, होहल्ला गर्नेलगायतका आवाञ्छित क्रियाकलापमा संलग्न रहेको आरोपमा १४ जना पक्राउ परेको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
कैलाली प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले धनगढीको जाखोर ताल, शिवपुरीधाम, घोडाघोडी नगरपालिकाको घोडाघोडी मन्दिरलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।