कैलाली- कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीबाट अवैध लागु औषध चरेस सहित २ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-२ साडेपानीकी १९ वर्षीया राधा कटुवाल र गौरीगंगा नगरपालिका-३ का २३ वर्षीय अर्जनु बोगटी रहेका छन्।
उनीहरुबाट ८९० ग्राम चरेस बरामद गरिएको प्रहरीले जनाएको छ।
साडेपानीमा राधा कटुवालले अर्जनु बोगटीलाई अवैध लागु औषध चरेस बेचिरहेको अवस्थामा प्रहरीले रंगेहात पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्ने दुवै जनालाई ईलाका प्रहरी सुखडले नियन्त्रणमा लिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।