• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

तराईमा यसरी मनाइँदैछ महाशिवरात्रि [फोटो फिचर]

64x64
नेपाल लाइभ सोमबार, फागुन २०, २०७५  १६:१२
1140x725

राजविराज/जनकपुर– फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व भगवान् शिवको पूजाआरधना गरी सप्तरीलगायत तराईका जिल्लामा पनि मनाइँदैछ।

सप्तरीको राजविराजस्थित हरिनन्देश्वर महादेव मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुको घुइँचो छ। भिड नियन्त्रण गर्न प्रहरीको सहयोग लिइएको छ। महिला र पुरुष दर्शनार्थीलाई छुट्टाछुट्टै लाइन लगाएर दर्शनको व्यवस्था मिलाइएको छ। 

दशकपछि मन्दिरमा पहिलोपल्ट लघु रुद्रीसहितको हवनको कार्यक्रम आयोजना गरिएको छ भने सवालाख बत्ती बाल्ने कार्यक्रम पनि रहेको पूजा समितिका सदस्य कृष्णहरि भट्टराईले जानकारी दिए। हरिनन्देश्वर महादेव मन्दिरमा सप्तकोशी नदीबाट जल ल्याई महादेवको मूर्तिमा चढाउने प्रचलन छ। कावरीयाले (भारमा पानी बोकी पैदल यात्रा गर्ने समूह) करिब २५ किलोमिटर पैदल यात्रापछि जल विषर्जन गर्ने क्रम समेत सुरु भएको उनले जानकारी दिए।

यसैगरी जिल्लाको शम्भुनाथ नगरपालिकास्थित शम्भुनाथ मन्दिर, कञ्चनरुप नगरपालिका स्थित शिवपार्वती मन्दिर, पातोको डाकनेश्वरी मन्दिर, वभनगामाकट्टिको महादेव मन्दिर, हनुमाननगरको शिव मन्दिर तथा फत्तेपुर स्थित शिवालयहरुमा पनि भक्तहरुको घुइँचो छ।

जनकपुर र आसपासका शिवालयहरुमा पनि दर्शनार्थीहरुको भिड लागेको छ। शिवचोकस्थित शिव मन्दिर, गंगासागरस्थित भुतनाथ, कपिलेश्वरनाथ महादेव, कुपेश्वरनाथ महादेव, क्षीरेश्वरनाथ महादेव, सतोषर स्थित महादेव मन्दिर, सीमावर्ती क्षेत्रको कल्याणेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिरहरुमा भक्तजनहरुको भिड  छ।

महोत्तरीको जलेश्वर राजा जनकको राजधानी जनकपुरको दक्षिणद्वारको रुपमा रहेको पुराणमा वर्णित छन् भने पदम पुराणका अनुसार जलेश्वरनाथ महादेव स्वयं रुद्रबाट स्थापना भएको हो।

Ncell 2
Ncell 2

जलेश्वरनाथमा लागेको महाशिवरात्रि मेलालाई व्यवस्थित बनाउनका लागि जलेश्वरनाथ महादेव संरक्षण समितिद्वारा निःशुल्क स्वास्थ्य शिविर, आवास, खानेपानीको व्यवस्था गरिएको छ भने शान्ति सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

पौराणिक मान्यता अनुसार मिथिला नरेश जनकले स्थापना गरेको यस शिवालयको दर्शनमात्रले सम्पूर्ण पाप क्षय भई पुण्य कमाइने जनविश्वासका कारण भक्तजनको बढी भिड लाग्ने गरेको हो।

जलेश्वरका शिव पूजा समारोह समितिका अध्यक्ष देवेन्द्र साहले शिवरात्रिको अवसरमा भक्तजनको चापलाई दृष्टिगत गरी सबैले सुविधापूर्वक दर्शन गरुन् भन्ने मनशायले यो पटक पर्याप्त व्यवस्था मिलाइएको बताए।

शिवरात्रिका दिन मधेसका कृषकले राम्रो कृषि उत्पादन तथा सहकालको कामना गर्दै धानका बाला तथा सु–स्वास्थ्यका लागि भगवान् आसुतोषलाई भण्टाको भार चढाउने परम्परा पनि रहेको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए।

शिवरात्रिको पुण्य दिन आज जलेश्वर नाथ मन्दिर परिसरमा बालकको मुण्डन गर्ने प्रचलन समेत रहेको छ।

महोत्तरीको उत्तरवर्ती क्षेत्रमा वर्दिवास नगरपालिकामा पर्ने टुटेश्वरनाथ महादेव तथा सुन्दरपुर स्थित मंगलनाथ महादेव मन्दिरमा समेत भक्तजनको भिड तथा पूजा कीर्तनले वातावरण भक्तिमय पारेको छ।

मंलनाथमा आजदेखि तीन दिनसम्म धार्मिक मेला लाग्ने गर्दछ। 

त्यसैगरी धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं ७ हरिहरपुर स्थित क्षीरेश्वरनाथ महादेव स्थानमा पनि श्रद्धालुहरुको घुइच्चो लागेको छ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ।

महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्। यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सुखशान्ति प्राप्त हुने र स्वर्गलोक प्राप्त हुने धार्मिक मान्यता छ।

प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्