काठमाडौं- सैनिक परेडका क्रममा हेलिकोप्टरबाट प्यारासुटमा झर्ने क्रममा नेपाली सेनाका हलवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।
सेनाको हेलिकोप्टरबाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा उनको प्यारासुट नखुल्दा उनी सिधै तल झरेका थिए। सुन्धारास्थित नेपाल टेलिकमको भवन माथिबाट उनी सिधै जमिनमा बजारिएका हुन्।

घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।