काठमाडौं- सैनिक परेडका क्रममा हेलिकोप्टरबाट प्यारासुटमा झर्ने क्रममा नेपाली सेनाका हलवल्दार पूर्णबहादुर भण्डारी घाइते भएका छन्।
सेनाको हेलिकोप्टरबाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा उनको प्यारासुट नखुल्दा उनी सिधै जमिनमा बजारिएका थिए।
घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।