काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी निरीक्षकबाट प्रहरी नायव निरीक्षकमा बढुवा भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा आइजिपी खनालले गृह मन्त्रालय (सचिव स्तर) को २०७५ फागुन १९ गतेको निर्णयअनुसार बढुवा भएका प्रहरीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।
कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा पाउनेहरुमा पदोन्नति भएका ६४ जना प्रहरी नायव उपरीक्षकहरुमध्ये ६० जना सहभागी भएका थिए।
पदोन्नति भएका ३ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्रसंघीय मिसनमा कार्यरत रहेको र अन्य १ जना व्यक्तिगत बिदामा नेपाल बाहिर रहेकाले कार्यक्रममा उपस्थित थिएनन्।
उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नति हुने अधिकृतलाई बधाई तथा शुमकामना व्यक्त गर्दै अब खटिने ठाउँमा दिइएको जिम्मेवारी अझै बढी उर्जा थपेर निर्भीकताका साथ काम गर्न निर्देशन दिए।
विगतका अनुभव र आफ्नो ज्ञान, सीप एवं दक्षता प्रयोग गरी संगठन निर्माणमा सक्रिय हुनुपर्ने उनको भनाई थियो।
समाजमा अपराध नियन्त्रणपछि मात्र सामाजिक कार्यक्रम लग्नु राम्रो हुने धारणा व्यक्त गर्दै प्रहरी महानिरीक्षक खनालले जुनसुकै स्थानमा काम गर्दा पनि आफ्नो सीप र दक्षताको प्रयोग गरी पूर्ण महत्वका साथ काम गर्नुपर्ने उल्लेख गरे।
कार्यक्रममा पदोन्नति भएका प्रहरी अधिकृतहरुका तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक हरि खतिवडाले सांगठनिक अपेक्षा र उद्देश्य पूरा गर्न निर्भीक, निष्पक्ष र नागरिकमैत्री भई पूर्ण निष्ठा र इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।