काठमाडौं– अपहरण मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज उपमहानगरपालिका–१६ का रामप्रवेश साह गोढ छन्।
गोढलाई पर्सा प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो। रुपनारायण साह गोढले उनी विरुद्ध अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी दिएका थिए।
उनीलाई पक्राउ गर्न जिल्ला अदालत पर्साबाट वारेन्ट समेत जारी भइसकेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।