• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

यस्ता पाइलटलको कथा

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १४:३३
1140x725

‘रेड वन, यु आर अन फायर’...। स्क्वाड्रन अगुवा धीरेन्द्र जाफाको हेडफोनमा अर्को युद्ध विमानका पाइलट साथी फर्डीको आवाज सुनियो। अर्का पाइलट मोहन पनि चिच्याउँदै थिए, ‘बेल आउट रेड वान, बेल आउट..।’ र तेस्रो पाइलट जग्गु सकलानीको पनि संकेत थियो, ‘जेफ सर, यु आर अन फायर।’ 

जाफाले चलाइरहेको लडाकु विमान सुखाइमा लागेको आगो झन्डैझन्डै ककपिटसम्मै पुग्न लागेको थियो। विमान पाइलटको नियन्त्रणभन्दा बाहिर गएको अवस्था थियो। उनले सिट बेल्टको बटन के थिचेका थिए, तुरुन्तै प्यारासुट खुल्यो। त्यसलाई हावामा फाले विस्तारै तल झरे। 

जब उनी तल झरे, नार–ए–तकवीर र अल्ला हो अकबर भन्दै गाउँका मानिसहरु जम्मा भएर नारा लगाउँदै थिए। त्यो भिड उनीतिरै आइरहेको थियो। मानिसहरुले उनलाई देखेर कपडा च्यात्न थाले। कसैले उनको घडी त कसैले चुरोटको प्याकेटमा हात हाले। 

यसरी एक निमेषमै उनको जुत्ता, पैसा र मफलर समेत हरायो। त्यही बखत जाफाले केही पाकिस्तानी सैनिक आफूलाई भिडबाट बच्न कराउँदै गरेको सुने। 

त्यही बीचमा एक अग्लो पाकिस्तानी अफिसरले सोध्यो, ‘तिम्रो साथमा केही हतियार छन् कि छैनन?’ जाफाले भने, ‘मसँग रिभल्वर थियो तर भिडले लग्यो। सायद मेरो शरीरमा कतै चोट लागेको हुनसक्छ। शरीरको कुनै पनि हिस्सा चलाउन सकेको छैन,’ जाफाले चिच्चाएर जवाफ दिए, ‘यस लगत्तै अफिसरले आफ्ना सैनिकहरुलाई आदेश दिए र मलाई उठाएर एक टेन्टमा लगियो।’

पकिस्तानी अफिसरले आफ्ना सैनिकलाई फेरि भने ‘यसलाई चिया खुवाऊ।’

यो अवस्थामा जाफाको हातमा यति पनि तागत थिएन, चियाको कप पनि समातेर मुखसम्म पु¥याउन सकियोस्। यसैबीचमा एक पाकिस्तानी सैनिकले उनलाई आफ्नै हातले चम्चाले चिया खुवाए। जाफाका आँखा हार्दिकताले भरियो र आँसु टम्म भए। जाफाको कम्परमा प्लास्टर गरियो र उनलाई जेलको कोठरीमा बन्द गरियो। अब उनीसँग हरेक दिन किन र केका लागि पाकिस्तान प्रवेश गरियो भनी प्रश्न सोध्ने दैनिकी सुरु भयो। यदि शौचालय जान परेमा पनि मुखमा बुजो कोचेर वा अनुहार ढाकेर लगिन्थ्यो। उनले यताउति गर्न नसकून् भनी पाकिस्तानी सैनिकले यस्तो गरेका थिए।  एक दिन उनलाई सोही बिल्डिङको अर्को कोठामा लगियो। उक्त कोठामा केही मानिस बोलेको आवाज सुन्न सकिन्थ्यो।  

अचानक एक चिच्चाहटका बीचमा स्वर सुनियो, ‘जेफ सर१ फ्लाइट लेफ्टिनेट दिलिप पारुलकर उनलाई अंकमाल गर्न तेज गतिमा अघि बढे। तर उनले केही देख्न सकेका थिएनन्। उनको ज्याकेटभित्र प्लास्टर गरेकाले चलमल गर्न सकेनन्। तर त्यहाँ अरु १० भारतीय युद्धबन्दी पाइलट रहेको उनले अनुमान गरे। 

Ncell 2
Ncell 2
nimb
nimb

यति लामो समयपछि भारतीय अनुहार देख्दा जाफाको आँखाबाट आँसु बग्न थाल्यो। त्यही समय युद्धबन्दी क्याम्पका इन्चार्ज स्क्वाड्रन लिडर उस्मान हनिफले मुस्कुराउँदै रुमभित्र प्रवेश गरे। उनीसँगै उनका अर्दली एक केक र सबैका लागि चिया लिएर खडा भए। उस्मानले भने, ‘मैले सोचेको थिएँ, तपाइँहरुलाई क्रिसमसको शुभकामना दिउँ।’

उक्त साँझ एक सम्झनायोग्य साँझ भयो। हँसीमजाक गरियो अनि त्यहीं रहेका सिनियर भारतीय अफिसर बनी कोएलहोले हामी हाम्रा मृत्यु भएका साथीहरुका सम्झनामा दुई मिनेट मौन धारण गर्ने छौं अनि मात्र सबै मिलेर राष्ट्रगान गाउने छौं। जाफाले भने, ‘२५ डिसेम्बर १९७१ साँझ जब पाकिस्तानी जेलमा भारतीय राष्ट्रगानको स्वर गुन्जियो तब सबैको मन गर्वले ढक्क भयो।’ 

यसबीचमा भारतको नीति नियोजन समितिका अध्यक्ष डिपी धर पाकिस्तान आएर फर्के तर युद्धबन्दीहरुको कहिले छुट्ने केही निर्णय हुन सकेन। उनको मनमा निराशाले घेर्‍यो। सबैभन्दा ज्यादा दुःखी लेफ्टिनेट दिलिप पारुलकर र मलबिन्दर सिंह गरेवाल थिए। 

१९७१ को लडाइँभन्दा पहिला पारुलकरले आफ्ना साथीहरुलाई भनेका थिए, यदि केहीगरी उनको विमान खसालियो भने र उनीहरुको नियन्त्रणमा परेमा जेलमा चुप लागेर नबस्ने, त्यहाँबाट भाग्ने कोसिस गर्ने छु भनेका थिए र उनले त्यही गरे पनि। यसरी भाग्ने उनको यो योजनामा उनका साथी थिए, फ्लाइट लेफ्टिनेन्ट गरेवाल र हरिश सिंहजी। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पठानी सुट 
सेल नम्बर ५ को ढोकामा २१ बाई १५ इन्चको प्लान पार्न सकियो भने पाकिस्तानी वायु सेनाको रोजगार दफ्तरमा पुगिन्छ। त्यसपछि ६ फुटको ढोका नाघेर माल रोडमा पाइला राख्न पाइन्छ। यो समग्रको मतलब थियो। करिब ५६ इँटाहरुको प्लास्टर निकाल्ने अनि त्यसलाई कतै लुकाउने। कुरुविलाले एक इलेक्ट्रिसिएनका स्क्रुु ड्राइभर चोरे। गरेवालले कोकाकोलाको बोलतमा प्वाल पार्ने धार भएको औजारको व्यवस्था समेत गरे। 

रातमा दिलिप पारुकल र गरेवाल १० बजेपछि प्लास्टर प्वाल पार्न सुरु गर्दथे। उक्त क्षेत्रमा कोही आउँदैछ कि भनेर हेर्ने जिम्मा हैरी र चाटीको थियो। 

भारतीय कैदीहरुको जेनेभा सम्झौताअनुसार पचास फ्रैक बराबर पाकिस्तानी मुद्रा महिनाको तलब जसरी उपलव्ध गराउने गरिन्थ्यो। यसले आफ्ना आवश्यकताका वस्तुहरु खरिद गर्ने र केही त बचाउने समेत गरेका थिए। 

यस बीचमा पारुलकरले सैनिकमा एक सिलाई गर्ने मानिस रहेको जानकारी पाए। उनले उक्त दर्जीलाई भारतमा पठान सुट नपाउने भएकाले आफ्नो लागि ल्याइदिन बनाउन सक्छौ भनी प्रश्न गरे। 
दर्जीले पारुलकरको लागि एक हरियो रंगको पठान सुट सिलाइदियो। कामतले तार ब्याट्रीको मद्दतले एक कामचलाउ कम्पास बनाए, जुन हेर्दा सामान्य फाउन्टेन पेन झैं लाग्दथ्यो। 

१४ अगस्ट पाकिस्तानको स्वतन्त्रता दिवसको दिन थियो। पारुलकरले अन्दाज लगाए, उक्त दिनमा गार्डहरु बिदाको मुडमा हुने छन् र कम सतर्क हुने छन्। 

१२ अगस्टको रातमा बिजुली पड्केको आवाज उनले सुने र त्यही दिन प्लास्टरको अन्तिम इँटा काट्न उपयुक्त हुन्छ। त्यही योजनाअनुसार काम पनि सम्पन्न भयो। तीन जना छोटो प्वालबाट निक्ले र ढोकाको छेउमा प्रतीक्षा गरेर बसे। अनुहारमा मधुरो लगाउँदै बसे। नजिकै एक पहरेदार भएको उनीहरुले चाल पाए, त्यसलाई उनीहरुले नियालेर हेरे। तर ऊ धुलोले बच्न आफ्नो अनुहार टाउँकोदेखि कम्बलले ढाँकेर बसेको थियो। त्यो देख्दा उनीहरुको आत्तिएको मन फेरि ढुक्क भयो।

कैदीहरुले बाहिर ढोकाबाट माल रोडतर्फ आँखा लगाए। उनीहरुले सडकमा धेरै हलचल नभएको पाए। उक्त समय रातको शो समाप्त भएको थियो। त्यही समयमा आँधीका साथ घनघोर वर्षा भयो। चौकीदारले आफ्नो अनुहारमा ढाकेको कम्बल झिकेर बायुसेनाको रोजगार दफ्तर भित्र छिर्‍यो। 

जसै उसले आफ्नो अनुहारमा कम्बल ढाक्यो, कैदीहरुले बाहिरी ढोका नाँघे। उनीहरु तीब्र गतिमा दौडँदै माल रोडमा पुगे। दायाँतर्फ सिनेमा हेरेर फर्कंदै गरेका मानिसहरुको भिडमा बेपत्ता भए। केही पर पुग्नेबित्तिकै अचानक फ्लाइट लेफ्टिनेन्ट हरिश सिंहजीलाई महसुस भयो कि, पाकिस्तानको सबैभन्दा सुरक्षित मानिएको जेलबाट उनीहरु बाहिर निस्के र बेस्सरी चिच्याए– अब स्वतन्त्र! 
लगत्तै फ्लाइट लेफ्टिनेन्ट मलबिन्दर सिंह गरेवालले जवाफ दिए, ‘अहिले नै हतार नगरौं।’

लामो चौडा कद भएका गरेवालको दाह्री बढेको थियो। उनको टाउकोमा कम रौंहरु रहेका थिए। उनी पठान जस्तै देखिने हर कोसिसमा रहेका थिए। उनकै साथमा हिंडेका थिए, फ्लाइट लेफ्टिनेन्ट दिलिप पारुलकर। उनले पनि दाह्री बढाएका थिए। उनले जेलमै रहँदा सिलाएको हरियो रंङको पठानी सुट लगाएका थिए।

सबैले तय गरेका थिए, सोधपुछ भएमा आफूहरुलाई इसाई बताउने। किनकी कसैलाई पनि नमाज पढ्न आउँदैनथ्यो। उनीहरुका बीचमा एक समानता थियो। उनीहरुको विद्यालय शिक्षा इसाई विद्यालयमा भएको थियो। भारतीय वायुसेनामा काम गर्दा पनि उनीहरुले इसाइहरुको नजिकबाट संगत गर्न पाएका  थिए। 

साथै उनीहरुलाई यो पनि जानकारी थियो, पाकिस्तानी वायु सेनामा पनि इसाइहरुले काम गर्दथे। दिलिपको नाम उनीहरुले फिलिप पिटर र गरेवालले आफ्नो नाम अली अमिर राखेका थिए। सिंहजीको नाम हाराल्ड ज्याकब राखिएको थियो, जो हैदराबाद सिन्धमा पाकिस्तानी वायु सेनामा ड्रामरको काम गर्दथे। कसैले सोधेमा उनीहरुको भेट लाहोरको लाबेला होटलमा भएको थियो भन्ने थियो। 

वर्षामा भिज्दै तीब्र गतिमा उनीहरु बसपार्क पुगे। जहाँ एक खलासीले चिच्याइरहेको थियो, ‘पेसावर पेसावर पेसावर। तीनै जना कुदेर बसमा चढे।

बिहान ६ बजे उनीहरु पेसावर पुगे। त्यहाँबाट उनीहरु जमरुद रोड जानका लागि तांगाको बुक गरे। तांगाबाट ओेर्लेर उनीहरु पैदल हिँड्न सुरु गरे।  

फेरि उनीहरु एक बसको छतमा चढे। जमरुद पुगेपछि उनीहरुले सडकमा एक गेट देखे, जहाँ लेखिएको थियो, ‘तपार्इं जनजाति इलाकामा प्रवेश गर्नुभएको छ। आगन्तुकहरुलाई सडक नछोड्न र महिलाको कुनै पनि तस्बिर नखिच्न आग्रह गरिन्छ।’ फेरि उनीहरु अर्को बसका चढे र साँझको साढे ९ बजे लंडी कोतल पुगे। अफगास्तिान त्यहाँबाट ५ किलोमिटर दूरीमा रहेको थियो। उनीहरु एक चिया पसलमा छिरे। गरेवालले चिया खाँदै छेउमै बसेको एक व्यक्तिसँग सोधे, ‘यहाँबाट लंडीखाना कति दूरीमा रहेको छ?’ तर त्यसको यस बारेमा केही पनि जानकारी रहेको थिएन। 

दिलिपले उक्त क्षेत्रबाट सुरक्षित हुन केही वस्तुलाई नोटिसमा लिए। स्थानीयहरुले टाउकोमा केही न केही लगाउने गरेको उनले चाल पाए। उनले उनीहरु जस्तै देखिनका लागि पेसावरी टोपी खरिद गरे। एक टोपी गरेबालको टाउकोका लागि पनि खरिद गरिएको थियो तर सानो भएपछि पुनः खरिद गर्न उक्त पसलमा पुगे। 

जब उनी टोपी साटेर फर्के चिया पसल नजिकै आउँदा एक युवा ट्याक्सीवाट लंडीखाना जानका लागि २५ रुपैयाँ लाग्ने भन्दै चिच्चाइरहेको थियो। उनीहरु सोहीतर्फ अघि बढिरहेका थिए तर पछिल्तिरबाट एउटा आवाज आयो, ‘के तपाईंहरु लंडीखाना जाने हो?’ जब उनीहरुले ‘हजुर’ भनेर उत्तर दिए, उनले पुन प्रश्न गरे, ‘तपाईंहरु तीन जना कहाँबाट आउनु भएको हो?’ दिलिप र गैरीले आफ्नो बनिबनाउँ जवाफ दिए। उक्त जवाफलगत्तै उच्च स्वरमा आवाज आयो, ‘यहाँ कुनै लंडीखाना नामको ठाउँ छैन, अंग्रेजहरु पmर्केलगत्तै समाप्त भयो।’ 

उसलाई सन्देश भयो, ‘यी मानिस बंगाली हुन्, जो अफगास्तिान हँुदै बंगलादेश जान चाहन्छन्।’ गरेबालले उनको यो कुरा बुझेर हाँस्दै प्रश्न गरे, ‘के तपाईंले आफ्नो जीवनमा बंगाली देख्नुभएको छ, के हामी उनीहरुजस्ता लाग्छ तपाँईलाई?’ 
लगत्तै एक कर्मचारी आयो। उनीहरुले आफ्ना कुरा तहसिलदारलाई पनि बताए। ऊ त्यसबाट असन्तुष्ट हुँदै उनीहरुलाई जेलमा राख्नुपर्ने तर्क गर्‍यो। 

अचानक दिलिपले भने, ‘म पाकिस्तानी वायु सेनाका प्रमुख के एडिसी स्क्वाड्रन लिडर उस्मानसँग कुरा गर्न चाहन्छु।’ यी ती व्यक्ति थिए जो रावलपिन्डी जेलको इन्चार्ज थिए र भारतीय युद्धबन्दीको लागि क्रिसमसको केक ल्याएका थिए। उस्मान लाइनमा आए। 

दिलिपले भने, ‘सर हजुरले खबर सुन्नु भएको होला, हामी तीन जना लडकीको लतमा छौ। हामीलाई तहसिलदारले पक्राउ गरेको छ। के तपाईं आफ्ना मानिसहरु पठाउन सक्नुहुन्छ?’ लगत्तै उस्मानले तहसिलदारको फोन दिन निर्देशन दिंदै यी तीन आफ्ना मानिसहरु भएको बताए। यिनीहरुलाई बन्द राख्नु तर कुनै यातना नदिनु भनी उनले निर्देशन दिए। 

११ बजे राउलपिन्डी जेलमा हलचल मच्चियो। बाँकी बँचेका सात युद्धबन्दीलाई तत्कालै अलगअलग  अँध्यारो कोठरीमा लगेर बन्द गरियो। 

उक्त क्षेत्रको सुरक्षा गार्डले यो काम जाफाको भएकाले उसलाई गोली हानेर मार्न भनियो। जेलका उपसञ्चालक रिजबले भने, ‘दुश्मन आखिर दुश्मन नै हुन्छ, हामीले विश्वास गरेर खुला कोठामा सा¥यौं, तर तिमीहरुले त्यहाँबाट धोका दियौ।’ केही समयपछि सबै युद्धबन्दीलाई लायलपुर जेलमा सारियो। जहाँ भारतीय थलसेनाका युद्धबन्दीहरु रहेका थिए। एक दिन अचानक पाकिस्तानका राष्ट्रपति जुल्फिकर अलि भुट्टो आए। 
उनले भाषण गरे, ‘तपाँईहरुको सरकारलाई तपाईंहरुको कुनै चिन्ता छैन, तर मैले आफ्नो तर्फबाट सबैलाई रिहाइ गर्ने फैसला गरेको छु।’

लगत्तै १ डिसेम्बर ११९७२ मा सबै युद्धबन्दीलाई बाघा सीमा पार गराइयो। उनलाई मनमा सरकारले छुटाउनका लागि पहल नगरेको कुरा खट्किरहेको थियो। 
भुट्टोको दयाका कारण रिहाइ भयो भन्ने उनलाई मनमा लागिरहेको थियो। 

तर जब उनले भारतीय सिमामा पाइला टेके हजारौं मानिसले माला लगाएर स्वागत गरे अँगालो मारे। पञ्जावका मुख्यमन्त्री ज्ञानी जैलसिंह स्वयं उपस्थित भए। बाघाबाट अमृतसरसम्मको २२ किलोमिटरको माटोमा स्वागतका लागि सयौं उपस्थित भएका थिए। मानिसहरुको प्रेम देखेर उनीहरु भावविह्वल भए। भोलिपल्ट दिल्लीको रामलिला मैदानमा उनीहरुको सार्वजनिक अभिनन्दन गरियो।

–बिबिसीबाट
अनुवादः दुर्गा दुलाल

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १४:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्