काडमाडौं- महानगरीय प्रहरी प्रभाग कपनले मोटरसाइकल चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ। प्रभागको टोलीले बूढानीलकण्ठ नगरपालिका–१० ह्याण्डबल मैदानबाट मोटरसाइकल चोरी गर्ने उदयपुरका गङ्गाबहादुर तामाङ र दाङका नवीन बस्याललाई शनिबार राति पक्राउ गरेको हो।
तामाङले बा ९८ प ५०८६ नम्बरको मोटरसाइकल मण्डिखाटारबाट चोरी गरेर ल्याउँदै गरेको अवस्थामा र बस्याललाई बालाजुबाट हराएको बा ६५ प ५६४० नम्बरको स्कुटर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। -रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।