काठमाडौँ- महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय कार्यालयले अवैध सुनसहित ४ जनालाई पक्राउ गरेको छ।
कार्यालयको टोलीले विमानस्थलको पार्किङ क्षेत्रमा अवैध सुन लिएर हिँडिरहेको अवस्थामा सिन्धुपाल्चोकका विशाल तामाङ र गोरखाका भीमबहादुर रानालाई शनिबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंहले तामाङलाई सात लाख ५१ हजार ९३५ मूल्य बराबरको २४९ ग्राम र रानासँग रु पाँच लाख २६ हजार १८५ मूल्य बराबरको २ सय ९ ग्राम सुनसहित पक्राउ गरेको जानकारी दिनुभयो।
पक्राउ परेका दुबै जनालाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।