• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

पूर्वअर्थमन्त्री अधिकारीलाई यसरी सम्झिए ५ नेताले

64x64
नेपाल लाइभ आइतबार, फागुन १९, २०७५  १३:४३
1140x725

काठमाडौं- वृद्धहरूका सारथी पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले शनिबार राती देहत्याग गरे। २०५१ सालको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सरकारले ल्याएको जनपक्षीय नीति तथा कार्यक्रम र बजेटलाई हालसम्म पनि नमूना कार्यका रुपमा लिने गरिन्छ। सोही सरकारमा उनी अर्थमन्त्री थिए। 

८३ वर्षको उमेरमा निधन भएका अधिकारीलाई उनी आबद्ध पार्टी र विपक्षी दलका नेताहरूले वृद्ध र जनप्रेमी नेताका रुपमा स्मरण गरेका छन्। कसले कसरी सम्झिए नेता अधिकारीलाई, हेरौं संक्षेपमाः 

ढाडस दिने नेता : प्रचण्ड, नेकपा अध्यक्ष
भेन्टिलेटरमा जानुअघि उहाँले पार्टी, देश र समाजकै चिन्ता गर्नुभएको थियो। समृद्धिको चाहना गर्नुभएको थियो। साथै,पार्टी एकीकरण प्रक्रिया छिटो सक्न आग्रह गर्नुभएको थियो।

मसँगको सम्बन्धका विषयमा भन्नुपर्दा उहाँ मेरो अभिभावक हुनुहन्थ्यो। २०३८ सालदेखि उहाँ र मेरो सम्बन्ध नजिकिएको थियो।

पहिलो पटक वनारसमा अखिल भारत नेपाली विद्यार्थी संघको सम्मेलनमा भेट वहाँसँग भएको थियो। राजनीतिक भेटघाट र कुराकानीको सुरुवात त्यसै समयदेखि भएको हो।

पार्टी अलग-अलग रहेपनि उहाँसँग सहकार्य लामो समयसम्म रह्यो। पञ्चायत विरोधी आन्दोलनका क्रममा पनि धेरैपटक भेट भएको थियो। पछिल्लो शान्ति प्रक्रिया पछि झनै सहजपूर्वक कुराहरू हुने गर्थे। पार्टी एक भएपछि झनै कुराकानीहरू बाक्लिएको थियो। हामी सबैका अभिभावक हुनुहन्थ्यो। 

म फरक पार्टीमा रहेको समयमा मैले संसद्‍मा गरेका भाषणका विषयमा तारिफ गर्नुहुन्थ्यो। रोष्ट्रमबाट बोलेर ओर्लने बित्तिकै असाध्यै राम्रो बोल्नुभयो भनि बधाइ भन्नुहुन्थ्यो। उहाँको ढाडसबाट ममा उर्जा जहिले प्राप्त हुन्थ्यो। 

जीवनको अन्तिम समयसम्म पनि उहाँलाई देश,समाज र पार्टीकै चिन्ता थियो।

Ncell 2
Ncell 2
nimb
nimb

अर्थशास्त्रका विषयमा उहाँमा भएको ज्ञान र अनुभव अतुलनीय थियो। त्यसलाई नयाँ पुस्ताले अनुसरण गर्नुपर्छ।

वृद्धहरूका सेवक : माधवकुमार नेपाल, नेकपा वरिष्ठ नेता
भरतमोहन अधिकारीको मृत्यु यो मूलकका लागि दुर्भाग्य हो। उहाँ आफ्नो समयका हस्ती हुनुहुन्थ्यो।जनतामा लोकप्रिय व्यक्तित्व हो।

लोकतान्त्रिक मान्यतालाई आत्मसाथ गर्ने कम्युनिस्ट आन्दोलनका अगुवा हुनुहुन्थ्यो।

भरतमोहनसँग मेरो धेरै घनिष्ठता थियो। उहाँसँग भएको सहकार्य अन्तिम समयसम्म रहेको थियो। २०४४ सालदेखि हाम्रो भेट भएको थियो। पञ्चायत विरोधी आन्दोलनमा हामीले सहकार्य गर्यौं।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अर्थमन्त्रीको कार्यभार समाल्दा उहाँले लोकप्रिय अर्थमन्त्रीको भूमिका निर्वाह गर्नुभयो।

उहाँले ल्याएको बजेटले पार्टीलाई लोकप्रियताको शीखरमा पुर्याएको थियो। वृद्ध भत्ताको साथै मनमोहन जेष्ठ नागरिक प्रतिष्ठानको प्रमुखका हैसियतले सधैं वृद्धहरूको पक्षमा लागिरहनु भएको थियो।वृद्धहरूको देशव्यापी अभिनन्दन गर्ने अभियानको श्रेय पनि उहाँलाइ नै जान्छ।

समाज सुधारक : विजय गच्छदार, कांग्रेस उपसभापति
प्रजातन्त्र र लोकतान्त्रका आन्दोलनमा उहाँ सधैं लडिरहनु भयो। परिवर्तनका लागि भएका हरेक आन्दोलनमा उहाँको भूमिका अग्रस्थानमा थियो। सञ्चा लोकतान्त्रिक नेता गुमाउन पुगेका छौं।

अर्थमन्त्रीको हैसियतमा दिवंगत नेताले सामाजीक/आर्थिक परिवर्तन ल्याउनका लागि अद्वितीय योगदान पुर्याउनु भएको थियो।असल अर्थविद्,अर्थमन्त्री,समाज सुधारक राजनीतिज्ञका रुपमा मैले बुझ्छु। 

देशले असल राजनीतिज्ञ गुमाएको छ।

कम्युनिस्ट आन्दोलनमा उहाँजस्तो नेता प्राप्त गर्न गाह्रोः मोहन वैद्य,अध्यक्ष,नेकपा क्रान्तीकारी
नेपाली जनवादी आन्दोलनका पुराना नेता हुनुहुन्छ। उहाँसँगै मेरो धेरै लामो समयदेखि भेटघाट हुने गर्दथ्यो। 

हामी एक पटक एउटै पार्टीमा पनि थियौं। पछि पार्टी विभाजन हुदाँ अलग अलग बाटो लाग्यौं। उहाँ जुन समूहमा रहेपनि जनवादी आन्दोलनमा लागिरहनुभएको थियो। सरल स्वभावको नेता हो।मृदभाषी पनि हुनुहुन्थ्यो।

उहाँको निधनले कम्युनिस्ट र जनवादी आन्दोलनलाई ठूलो क्षति भएको छ। अर्थशास्त्रमा उहाँको विज्ञता थियो। उहाँ जस्तै नेता पुनः प्राप्त गर्न धेरै गाह्रो पर्छ।

ग्रामीण अर्थतन्त्रका अगुवा : हृदयेश त्रिपाठी,मधेसवादी नेता
सामूहिक सपनाकै उहाँ एक अंग हुनुहुन्थ्यो। नेपाली अर्थतन्त्रका विसंगतिहरू हटाउन उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो। अर्थतन्त्रका विसंगतिहरू पहिचान गर्नुभएको थियो।

ग्रामीण अर्थतन्त्र परिवर्तन नगरी देशका विकास नहुनेमा उहाँ विश्वस्त हुनुहुन्थ्यो। गाँउको विकास नभइ नेपालको विकास नहुने मत थियो। त्यस मान्यतालाई अघि बढाउन प्रयास उहाँले गर्नुभएको थियो। 

अर्थमन्त्री हुँदा उहाँले गरेका सकरात्मक पाटोलाई अहिले पनि अनुसरण भइरहेको छ। पछिल्लो पटकको मेरो भेटमा स्थानीय तह र प्रदेशलाई अधिकार प्रत्यायोजन अधिकतम हुनुपर्नेमा उहाँको धारणा थियो।

पछिल्लो समय पार्टीले उहाँका मतलाई साथ नदिएजस्तो लागेको छ।

प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५  १३:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने?
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
चुकेमा सभापतिबाट हटाउन कांग्रेसलाई गगन थापाको आग्रह: ‘व्यक्ति पार्टीभन्दा ठूलो हुँदैन’ शनिबार, असोज ३१, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्