काठमाडौं- सर्लाहीको मलंगवा नगरपालिका–२ मा गोली हानी एक युवकको हत्या गरिएको छ। मलंगवा नगरपालिका२ का ३१ वर्षीय मनोजकुमार यादवलाई शनिबार राती गोलीहानी हत्या गरिएको सर्लाहीका एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए।
शनिबार राती घरमै बसिरहेका बेला नचिनेका केही व्यक्ति यादवको घरमा आएर उनलाई बोलाएर लगेको र मलंगवा–२ को कोल्डस्टार चोकको भित्री गल्लीमा गोली हानी हत्या गरिएको एसपी भट्टराईले बताए।
उनको गाला र घाँटीमा गरेर ५ राउन्ड गोली प्रहार गरिएको छ।
घटनास्थलको मुचुल्का उठाएर प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पठाएको छ।
गोली प्रहार गरी हत्या गर्ने व्यक्तिको पहिचान भइसकेको प्रहरीले बताएपनि उनीहरू अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।