काठमाडौं- चर्चित गायिका मीना निरौलाको ‘सानै पिरले’ सार्वजनिक भएको छ।
गीतकार लोकराज अधिकारीको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ। अर्जुन अधिकारीको निर्देशनमा बनेको भिडियोमा नायक धिरेन शाक्य र कमला दाहाललाई देख्न सकिने छ।
भिडियोमा उत्सव दाहालको छायांकन र विशाल दाहालको सम्पादन रहेको छ भने, भिडियोलाइ ‘माउन्टेन म्युजिक नेपाल’ नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
अधिकारीका ‘तिमिले पराई ठानेपछि’, ‘शत्रु गते’ सिनेमाको ‘रूपै मोहनी’ जस्ता उनका गीत चर्चित छन् भने गायिका निरौलाका ‘काले दाई’, ‘ठमेल बजार’, ‘रूपै मोहनी’लगायतका गीत चर्चित छन्।
अधिकारीले अस्ट्रेलियामा सम्पन्न प्रथम राप्ती अन्तर्रा्ष्ट्रिय म्युजिक अवार्डमा चलचित्र गीतकारतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड हासिल गरिसकेका छन्। सगरमाथा म्युजिक अवार्ड र नेशनल पावर न्युज म्युजिक अवार्डलगायत थुप्रै अवार्ड अधिकारीले जितेका छन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।