काठमाडौं- नेपाल विद्यार्थी संघको स्याङ्जा काठमाडौं सम्पर्क समितिले विभिन्न क्यम्पसहरुमा संयोजक तोकेको छ।
नेपाल कमर्स क्याम्पस मीनभवनमा नारायण अधिकारी,त्रि-चन्द क्याम्पसमा हरी कँडेल,अस्कल क्याम्पसमा पद्मा भुसाल संयोजकमा चयन भएका छन्।
त्यसैगरी शंकर देव क्याम्पसमा अस्मिता गोदार,एडभान्स इन्जिनिरिङ्गमा शुभम् डुम्रे र टेक्निकल क्याम्पसहरुको समन्वय गर्ने गरी संयोजकमा योगेश खड्का चयन भएका छन्।
सम्पर्क समितिको आज बसेको बैठकले संगठनले चैत ६ मा होली पर्व उत्साहका साथ सामूहिक मनाउने निर्णय गरेको सम्पर्क समितिका अध्यक्ष दीपेन्द्र क्षेत्रीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।