काठमाडौं– गायिका मेलिना राईद्वारा स्वरबद्ध गीत 'सिन्दुर'को भिडियो सार्वजनिक गरिएको छ।
गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ। दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतबद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनिया फिचर्ड छन्।
गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। गीतको भिडियोको छाँयाकन उत्सव दाहालले गरेका छन्।
विकास दाहालले सम्पादन गरेको गीतको भिडियोको निर्देशन युवराज वाइवाले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।