• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रवीन्द्रलाई नै खाेजिरहेछ पाेखरा...

64x64
नेपाल लाइभ शुक्रबार, फागुन १७, २०७५  २२:२२
1140x725

पोखरा– मध्यान्ह १२ नबज्दै पोखरा–९, नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा चहलपहल सुरु भइसकेकाे थियाे। मैदानमा आजबाट सुरु हुने भनिएकाे 'सिटी रेवान महाेत्सव'काे मञ्च थियाे। महाेत्सवका बेला मुलगेटनेरै टिकट काउन्टर हुन्थ्याे। स्वयम्सेवक हुन्थे। तर, आज मुलगेटमा श्रद्धाञ्जली सभा लेखिएकाे थियाे भने स्वयम्सेवकसँगै बाक्लाे संख्यामा प्रहरी खटाइएका थिए।

गत बुधबार ताप्लेजुङमा भएकाे हेलिकाेप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकाे शव आज दाहसंस्कारका लागि पाेखरा ल्याइँदै थियाे। दाहसंस्कारअघि प्रदर्शनी केन्द्रमा दिउँसाे १ बजेका लागि गण्डकी प्रदेश सरकारले श्रद्धाञ्जली सभा राखेकाे थियाे। तर, बिहान ११ नबज्दै हातमा फूलमाला लिएर सयाैंकाे संख्यामा परिवारजन, आफन्त, नेताकार्यकर्ता, शुभचिन्तक  तथा स्थानीयहरु लाइनमा बसिसकेका थिए।

सबैकाे अनुहारमा चमकता उडेकाे भान हुन्थ्याे। गृहजिल्लामा विकास र स्वभावका कारण मन जितेका रवीन्द्र अधिकारीलाई गुमाएकाे पत्याउनै चाहिरहेका थिएनन्। सम्मान र श्रद्धास्वरुप फूलमाला लिएर लाइनमा बस्नेमा युवादेखि वृद्धसम्म तथा सबै क्षेत्रका व्यक्तिहरु थिए।

प्रदर्शनी केन्द्रमा आज रवीन्द्र धरै सुनिएका थिए। सबकाे गलामा उनकाे नाम र कामकाे बारेमा मात्रै कुराकानी भइरहेकाे देख्दा उनी गलामा मात्रै हाैइन यस क्षेत्रका जनताकाे मनमा बसेका पनि नेता हुन् भन्ने पुष्टि हुन्थ्याे।

'आत्माले जा भनाे अनि आकी हुम्'

दिवंगत मन्त्री रवीन्द्र अधकिारीको घर पोखरा–५, मालेपाटनमा पर्छ। उनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको स्थान पोखरा–९, नयाँ बजारस्थित प्रदर्शनी केन्द्र मालेपाटनबाट करीब साढे २ किलोमिटरको दुरीमा छ।

मालेपाटनमै बस्ने मीनकली लामिछाने दुई नातिनीसँग प्रदर्शनी केन्द्रमा आएकी रहिछन्। उनले झन्डै ३ घन्टापछि मात्रै मन्त्री अधिकारीको शव राखिएको मञ्चमा उक्लिन पाएकाे बताइन्। ठेलमठेलका कारण हुनुपर्छ उनी मञ्चबाट ओर्लिन र केही पाखा लागेर थचक्क बसिन्।

nimb
nimb
Ncell 2
Ncell 2

संयोगवश मन्त्री अधिकारीको फाेटाे राखिएको ठाउँमा गएर बस्न पुगेकी उनीतिर क्यामेरा तेर्स्याउँदा उनले नमस्कार गरिरहिन्। एउटै स्थानमा बस्ने भएपनि उनले मन्त्री अधिकारीलाई चिन्ने रहिनछिन्। छिटोछिटो श्वास लिइरहेकी मीनकलीले हेलिकोप्टर दुर्घटनाबारे भने जानकारी पाएकाे बताइन्।

'हेलिकप्टर खसाे अरे भनेर घर वरिपरिकाले भन्ते, कसैले ७ जना परे भन्चन्, कसैले ८ जना, खुट्याएर कसैले भन्दैनन्', केहीबेरकाे माैनतापछि उनले भनिन्, 'यहाँका पनि मुन्छे परे अरे भनेर आजै मात्र था पाकी हुम्, काे हुन् भन्नी त मैले चिन्दिन, ठूलै मुन्छे हुन् अरे भन्नी त सुनेकी हुम्।'

सन्चाे नभए पनि एकपटक पुग्नुपर्छ भन्ने लागेर श्रद्धाञ्जली दिन आएकाे उनले बताइन्। 'ज्यान दुउछ, जीउ करकरी खान्च, रिंगटा लाउँच, हिँड्न सउतिन, नसक्ने भए पनि आज त धेरै मुन्छे जम्मा हुन्चन् भन्नि सुने, आत्माले पनि जा भनाे अनि आकी हुम्', आफूसँगै आएका नातिनीहरुतर्फ आँखा डुलाउँदै उनले भनिन्, 'के अर्नि बा सबैलाई मर्नै पर्नि हैच।'

'हाम्राे आत्मा राेइरहेकाे छ'

प्रदर्शनी केन्द्रमै एक वर्षकी छाेरी बाेकेर फर्किँदै गरेका भेटिए सफल थापा र चन्दा थापा। करीब ३ किलाेमिटर टाढा लामाचाैरबाट आएका थापा दम्पतीले मन्त्री अधिकारीलाई पुष्पगुच्छा चढाएर श्रद्धाञ्जली भने दिन नपाएकाे गुनासाे गरे। छाेरी बाेकेरै हामीसँग संवादमा जाेडिएका सफलले भने, 'पाैने एक बजेतिर आएका थियाैं, भिड बढी भएकाेले नानीसँग मञ्चसम्म पुग्न सकिएन।'

मन्त्री अधिकारीलाई यसअघि पाेखरामै भएकाे एक पत्रकार सम्मेलनमा देखेकाे बताउने सफलकाे नजरमा उनी सम्भावना बाेकेका नेतामा पर्दा रहेछन्। 'तपाई‌ंलाई यहाँसम्म के कारणले ल्याइपुर्‍यायाे?' भन्ने प्रश्नमा सफलले देशमा बिग्रँदाे राजनीतिकाे साखलाई जाेगाउनसक्ने युवा नेताकाे भिजनले नै यहाँसम्म तानेकाे जवाफ दिए।

'उहाँले राष्ट्रका निमित्त जे सक्नु भयाे, जे गर्नुभयाे त्याे सबै अत्यन्त राम्राे पाइरहेका छाैं। विद्यार्थी कालदेखि नै यहाँ र समग्र देशकाै निम्ति सम्भावना बाेकेकाे व्यक्ति हामीले आज गुमाएका छाैं, हाम्राे आत्मा राेइरहेकाे छ', आफूभन्दा केही पर बसेकी र श्रीमती चन्दातर्फ हेरेपछि सफलले भने, 'देशका लागि, त्यसमाथि गण्डकी प्रदेशका लागि झनै भिजन बनाएका व्यक्ति गुमाउँदा कसकाे मन मान्छर? त्यसकारण पनि उहाँकाे आत्माले चीरशान्ति पाआाेस् भनि कामना गर्न यहाँसम्म आएका हाैं।'

'राजा विरेन्द्रकाे शवयात्राकाे झल्काे आयाे'

पेसाले शिक्षक रहेका श्रीधर आचार्यले मन्त्री अधिकारी पाेखराले सदैव सम्झिनुपर्ने व्यक्ति भएकाे बताए।

पाेखराकै तालचाेक निवासी आचार्यले केन्द्रीय राजनीतिमा सक्रिय रहेपनि मन्त्री अधिकारीले आफ्नाे क्षेत्रलाई कहिल्यै नबिर्सेकाे जिकिर गरे। 'जसरी उहाँले जीवनभर पाेखरालाई सम्झिरहनुयाे, आज याे जनसागर उर्लेकाे देख्दा लाग्याे पाेखराले पनि उत्तिकै चाहँदाे रहेछ', उनले भने।

शिक्षक आचार्यले रविन्द्रका बाँकी याेजना र सपना पुरा गर्ने जिम्मेवारी सबैकाे काँधमा आएकाे अभिव्यक्ति दिए।

पाेखरामै बस्ने प्रमाेद सापकाेटालाई भने गण्डकी प्रदेशकाे एउटा आशाकाे दियाे निभेकाे लागेकाे रहेछ। 'स्वार्थकाे राजनीति हुने गरेकाे नेपालमा एउटा युवा नेतालाई श्रद्धाञ्जली दिन हजाराैं जनता उर्लिनु याे रवीन्द्र अधिकारीकाे मात्रै जित हाैइन समग्र राजनीतिकै जित हाे', शवयात्रामा सामेल भइ रामघाटसम्मै पुगेका उनले भने, 'राजा विरेन्द्रकाे शवयात्राकाे झल्काे आयाे।'

शाेकाकुल परिवार, पति गुमाएकी विद्यालाई ८ वर्षीय छाेराकाे ढाडस

परिवारकाे प्रमुख सदस्य गुमाउँदा अधिकारी परिवारका लागि सहन नसकिने चाेट पुगेकाे प्रतित हुन्छ। दुर्घटनाकाे खबर पाउनासाथ अर्धमुर्छित अवस्थामा रहेका बुवा इन्द्रप्रसाद र आमा लक्ष्मीका आँखा रसाउन छाेडिसकेका छन्। यस्ताे लाग्छ रुदाँरुदाँ अब आँशुकाे मुलनै सुकिसक्याे।

छाेराकाे शवलाई प्रदर्शनी केन्द्रमा ल्याइएकाे केहीबेरमै उनीहरुलाई पनि त्यहाँ पुर्‍याइयाे। सम्हालिन सक्ने अवस्थामा नरेका उनीहरुलाई बाेकेरै मञ्चसम्म पुर्‍याइयाे र सहारा लिएरै शवमा पुष्पगुच्छा चढाए।

बिहीबार मालेपाटनस्थित घर पुग्दा मन्त्री अधिकारीका कान्छा छाेरा स्वराज शाेकमा डुबेकी हजुरआमाकाे आडैमा बसेर उनकाे गाला मुसारिरहेका थिए। त्यतिबेला उनकाे अनुहारमा अबुझपन र बढी आशा सञ्चार भएकाे अवस्था झल्किन्थ्याे। मन्त्री अधिकारीका स्वकीय सचिव अर्जुन अधिकारीले 'बाबुले बाबा कहिले आउनुहुन्छ भनी साेधिरहने' बताएका थिए।

हजुरआमा र हजुरबुवासँगै प्रदर्शनी केन्द्र पुर्‍याइएका उनी गाडीबाटै अनाैठाे तरिकाबाट यताउता हेरिरहेका थिए। ३ कक्षामा पढ्ने उनकाे अनुहारमा पीडा र काैतुहलताकाे सम्मिश्रण आज पनि उस्तै गहिराे गरी बसेकाे झल्किन्थ्याे। जब बुवाकाे शव नजिक पुगे, उनलाई अब भने बुवाकाे अवस्थाबारे जानकारी मिल्याे। अनुहार मलिन भयाे।

आजमात्रै काठमाडाैंबाट आइपुगेकी आामा विद्या भट्टराई र दाइ विराज अधिकारीसँग उनी धक फुकाएर राेए। दाइ विराजसँग अवेरसम्म अगाँलाेमा बसिरहे। भने आमा विद्यालाई पानी खुवाउने तथा आँशु पुछिदिने गरे। सायद उनी आमालाई आफूहरु रहेकाे आश्वस्त पार्न खाेजिरहेका थिए। के भएकाे हाे राम्राेसँग पत्ताे पाउने उमेरै नभएका स्वराजकाे त्याे ढाडस दिने कदमले त्याे दृश्य हेरिरहेका धेरैलाई ढाडस कम पीडा ज्यादा दिइरहेकाे थियाे।

उता मन्त्री अधिकारीकी श्रीमती विद्या पनि सम्हालिन सक्ने अवस्थामा थिइनन्। श्रीमानकाे मृत्युपछि ललितपुरकाे पुल्चाेकस्थित मन्त्री क्वार्टरमै रहेकी उनी आज पहिलाेपटक पाेखरा आएकी हुन्। भारतकाे बैंगलाेरमा इन्जिनियरिङ पढिरहेका जेठाे छाेरा विराज पनि घरी रुन्थे त घरी सम्हालिन खाेजेकाेजस्तै गर्थे। रामघाटमा तीनै जनाले मन्त्री अधिकारीकाे पार्थिव शरीरमा दागबत्ती दिएका थिए।

शाेकमा एकजुट केन्द्रीय नेता

राजनीति तथा फरक विचार र स्वार्थका कारण एकअर्कामा प्रतिद्वन्द्वि देखिने केन्द्रीय नेताहरु शाेककाे बेलामा भने एकजुट भए। मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन काठमाडाैंबाट केन्द्रीय तहका नेताहरु पाेखरा आएका थिए।

सुरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वामदेव गौतमले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संयुक्तरुपमा राष्ट्रिय झण्डा ओढाएर अधिकारीप्रति श्रद्धासुमन अर्पण गरे।

मन्त्री अधिकारीको पार्थिव शरिरमा श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्री गाेकर्ण विष्ट, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेल, नेकपा नेताहरु याेगेश भट्टराई, राकुमारी झाँक्री, कांग्रेस नेता चन्द्र भण्डारी, नेकपा गण्डकी इन्चार्ज हितराज पाण्डे, प्रदेश सरकारका मन्त्रीहरु, पोखरा महानगरका मेयर मानबहादुर जिसीलगायतले फूलमाला अर्पण गरे।

साे क्रममा नेकपा तथा अन्य राजनीतिक दलका नेता कार्यकर्ताकाे पनि उपस्थिति रहेकाे थियाे।

आधा झुकाइए ४९ वटा पार्टीकाे झन्डा, अर्थ के?

प्रदर्शनी केन्द्रकाे मुख्य मञ्चमा नेपालकाे राष्ट्रिय झन्डा फरफराइरहेकाे थियाे भने नेकपाकाे झन्डा मञ्चकाे दायाँबायाँ आाधा झुकाइएकाे थियाे। ठिक सामुन्नेमा ४९ जनाले एक-एक वटा नेकपाकाे झन्डा आधा झुकाएर उभिएका थिए। उनीहरुले सभाअवधिभरनै झन्डा बाेकेर उभिइहरका थिए। खासमा ४९ वटै झन्डा झुकाउनुकाे अर्थ के हाे त?

सभामा उपस्थित धेरैलाई यसबारेमा हेक्का नभएकाे हुनसक्छ। तर मन्त्री अधिकारीकाे उमेरलाई संकेत गर्दै ४९ वटै झन्डा एकै लस्करमा आधा झुकाइएकाे हाे। मन्त्री अधिकारी २०२६ सालमा जन्मिएका हुन्। यस आधारमा उनकाे ४९ वर्षकाे उमेरमा निधन भएकाे हाे।

सभाअवधिभर पृष्ठभूमिका गुञ्जिरहेकाे शाेकधुनले उपस्थितहरुमा थप शाेक थपिदिएकाे थियाे। निरस अनुहार लिएर मञ्च उक्लिएका पाेखरेलीहरु काेही रुँदै त काेही निशब्द बनेर मञ्चबाट ओर्लिरहेका देखिन्थे।

ह्विलचियर, वृद्धवृद्धा र ढाकाटाेपी

जब मञ्चमा रहेका नेताहरुले श्रद्धाञ्जली दिने कार्यक्रम सकियाे, त्यसपछि सभामा उपस्थित अन्यका लागि मञ्च प्रवेशमा अनुमति दिइएकाे थियाे। हजाराैंकाे उपस्थितिमा धेरै संख्यामा खटाइएका प्रहरीहरु कम लाग्थे। त्यसकारण पनि भीड व्यवस्थापन गर्न प्रहरीलाई हम्मेहम्मे परिरहेकाे थियाे। ठेलमठेलमा कतिपय महिला तथा वृद्धवृद्धाहरु च्यापिन पुगेका थिए।

भीडकाे व्यवस्थापन गर्न भन्दै केही समयमा असक्त, अपांग तथा वृद्धवृद्धाहरुकाे लागि सहज रुपमा मञ्चसम्म पुग्ने व्यवस्था मिलाइएकाे थियाे। यसका लागि प्रहरी तथा स्वयम‍्‍सेवकहरु खटिएका थिए।

पहिलाे लस्करमा धेरैजसाे महिलाहरुकाे उपस्थिति थियाे। केहीबेरमा पुरुषहरुकाे संख्याकाे अनुपात बढेकाे थियाे। त्यसमाथि पनि श्रद्धाञ्जलीका लागि मञ्चमा उक्लिन बसेका अधिकांशकाे शिरमा देखिएकाे ढाकाटेापीले फरक दृश्य उजागर गरेकाे थियाे। हेर्दा अलग देखिएपनि श्रद्धाञ्जलीका लागि अधिकांश पाका उमेरमा बुवा तथा हजुरबुवाहरु लाइनमा देखिन्थे।

सभामा असक्त तथा अपांगहरुलाई पनि कष्टपूर्ण रुपमै सही मञ्चसम्म पुर्‍याइने प्रबन्ध गरिएकाे थियाे। विशेषगरी अपांगमैत्री नरहेकाे प्रदर्शनी केन्द्रकाे मञ्च उनीहरुका लागि तगाराे बनिरहेकाे थियाे। करीब १:५० काे समयमा आधा दर्जन ह्विलचियरमा सवारहरु मञ्चकाे अग्रभागमा आउन अगाडि बढे।

आफ्नै बलबुँताले जानसक्ने अवस्था नभएकाेले मञ्चसम्म पुगेर श्रद्धाञ्जली व्यक्त गर्ने उनीहरुकाे इच्छालाई बाेकेरै पूर्णता दिइएकाे थियाे। ह्विलचियरसँगै बाेकेर मञ्चमा पुर्‍याइएका उनीहरुलाई बाेकेरै तल झारिएकाे थियाे।

शवयात्रामा हजाराैंकाे सहभागिता र समर्थन

करीब साढे २ घन्टासम्म चलेकाे श्रद्धाञ्जली सभा साढे ३ बजेतिर शव यात्रामा परिणत भएकाे थियाे। प्रदर्शनी केन्द्रबाट सुरु भएकाे शव यात्रा नयाँबजार, महेन्द्रपुल, रानीपौवा, गीता मन्दिर हुँदै रामघाटमा पुगेर सकिएकाे थियाे।

शवयात्रा सुरुमा ट्राफिक प्रहरीकाे माेटरसाइकल, प्रहरीकाे भ्यान, ४९ वटा आधा झुकाइएका झन्डा समाएका नेकपा कार्यकर्ता, नेपाल प्रहरी तथा नेपाली सेनाकाे टाेली र मन्त्री अधिकारीकाे फाेटाेसहितकाे ब्यानर टाँगीएकाे फूलमालाले सजाइएकाे शव बाेकेकाे गाडी रहेका थिए। साेपश्चात् हजाराैंकाे संख्यामा उपस्थिति भएका थिए। माेटरसाइल तथा अन्य सवारी साधनहरु अन्तिम घेरामा थिए।

करीब ३ किलाेमिटरभन्दा बढी रहेकाे शवयात्राकाे रुटमा सडकका दुबैतर्फबाट स्थानीयहरुले फूलमाला अर्पण गर्दै मन्त्री अधिकारीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए। कतिपयले आ-आफ्ना घरकाे छतबाट समेत शवयात्रामा नजर लगाइरहेका थिए।

शवयात्रामा सहभागीहरुका लागि स्थानीयहरुले स्वत:स्फुर्त रुपमा पिउने पानीकाे व्यवस्था मिलाएका थिए।

हजारौंको संख्यामा रहेकाे जनसागर रामघाट पुग्दा यसअघि नै साे स्थानमा सयाैंकाे उपस्थिति देख्न सकिन्थ्याे। दाशसंस्कारकाे साे दृश्य हेर्न वरिपरिका डाँडाँ तथा अग्लाे स्थानमा पनि उल्लेख्य संख्यामा स्थानीयहरुकाे उपस्थिति थियाे।

प्रकाशित मिति: शुक्रबार, फागुन १७, २०७५  २२:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्