राजविराज– प्रेमीसँग मिलेर आफनै डेढ वर्षीया छोरीको हत्या गरेको कसुरमा सप्तरीमा एक महिलासहित २ जनालाई जन्मकैदको सजाय भएको छ।
जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलाशले बुधबार यस्तो सजाय सुनाएको हो।
छोरी प्रमिला मण्डलको हत्या गरेको कसुरमा प्रेमी शिवशंकर मालीसहित राजगढ गाउँपालिका–५ की रानीदेवी मण्डललाई जन्मकैदको फैसला सुनाइएको हो।
बालिकाका पिता सूर्यनारायण मण्डलले उनीहरूविरुद्ध मुद्दा दर्ता गरेका थिए। बालिकाको हत्यापछि लास दबाउने मनसायले खोलामा बगाएको देखिएकाले फैसलामा थप ६/६ महिना कैद समेत तोकिएको छ।
अदालतले दिएको जानकारी अनुसार शिवशंकर माली र रानीदेवी मण्डलबीच प्रेमसम्बन्ध बढेपछि २०७३ साउन १२ गते सूर्यनारायण मण्डलतर्फकी छोरी प्रमिलाको हत्या गरेर उनीहरु काठमाण्डौं भागेका थिए।
बालिकाको हत्यापछि उनको लास खाँडो खोलामा बगाएको तथ्य पुष्टि भएको अदालतले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।