काठमाडौं– नक्कली सर्टिफिकेट बनाउने गिरोहका तीन जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ का २५ वर्षीय दीपक कटुवाल, स्न्धिुलीको कमलामाई नगरपालिका–९ की २६ वर्षीया रेखा माझी र लमजुङको दुधपोखरी गाउँपालिका–१ की ३० वर्षीया अप्सरा गुरुङ छन्।
उनीहरुले डिभी चिठ्ठा परेका व्यक्तिलाई कक्षा १२ को सर्टिफिकेटहरु बनाउने गरेको सूचना पाएपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।
उनीहरुलाई बिहीबार महाराजञ्जबाट नक्कली सर्टिफिकेट र छापसहित पक्राउ गरिएको महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
पक्राउ परेका तीनै जनालाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।