पोखरा– मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएपछि काठमाडौं आएका उनका आमाबुबा पोखरा फर्किएका छन्।
बिहीबार दिउँसो बुद्ध एयरको विमानबाट केही आफन्तसहित उनीहरु पोखरा फर्किएका हुन्।मन्त्री अधिकारीका बा आमा विमानस्थल पुग्दा भावविह्वल बनेका थिए। उनीहरूलाई आफन्तले सम्हालेका थिए।
अधिकारीको शव भने दाहसंस्कारका लागि पोखरा नै ल्याइने छ। शुक्रबार उनको दाहसंस्कार गरिने छ। त्यसअघि काठमाडौंको टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ।





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।