काठमाडौं– कपिलवस्तु प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कपिलवस्तु कृष्णनगर नगरपालिका–९ बहादुरगञ्जका २९ वर्षीय कोबजरंगी कुर्मी छन्।
बिहीबार बिहान साढे ८ बजे कृष्णनगर नगरपालिका–१ डबारा चोकबाट पेस्तोलसहित उनलाई पक्राउ गरेको हो।
उनको साथबाट प्रहरीले नल कटुवा पेस्तोल १ थान र सोहि हतियारमा प्रयोग हुने खोका १ थान बरामद गरेको छ।
उनीमाथि हातहतियार तथा खरखजना मुद्दामा इलाका प्रहरी कार्यालय कृष्णनगरमा राखेर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।