सुनसरी- धरान उपमहानगरपालिका-६ पानबारी चोक्टीबाट २ थान स्वचालित आधुनिक हतियार सहित मोरङ केराबारी गाउँपालिका-१० बाहुनी बस्ने ४२ वर्षीय संगित भनेर समेत चिनिने देवकुमार लिम्बूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी पानबारी सुनसरीबाट खटिएको प्रहरी टोलीले विभिन्न नाकाहरुमा चेकप्वाईन्ट खडा गरि चेकजाँच तथा खानतलासी गर्ने क्रममा धरानबाट मोरङको केराबारीतर्फ जाँदै गरेको मे.५ प ७५ नम्बरको मोटरसाइकल जाँच गर्न खोज्दा नरोकी भागेपछि प्रहरीले तत्कालै पिछा गर्दै जाँदा उक्त मोटरसाइकलका चालक लिम्बुलाई मोटरसाइकलमा लुकाई राखेको हतियार सहित फेला पारी पक्राउ गरेको हो।
तलासीको क्रममा मोटरसाईकलमा चामलको बोराभित्र पलाईको बाकस र सो बाकसभित्र कपडाको तन्नाले बेरी लुकाई राखेको अवस्थामा बरामद भएका निम्न हतियार र मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।
बरामद हातहतियारहरुको विवरण
१-M 16A2 अमेरिकी Rifle १ नाल, यसमा प्रयोग हुने म्यागजीन थान-१
२-Light Machine Gun (LMG) १ नाल यसमा प्रयोग हुने म्यागजीन थान-२
३-LMG हतियार माउण्ट गरेर प्रयोग गर्न मिल्ने बाईपड थान-१
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।