• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार ३१, २०८३ Wed, Jul 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

रवीन्द्र अधिकारीको अन्तिम सम्बोधन– पानी परेको छ, मौसम खराब छ, हामी फेरि फर्किनु छ 

\'प्रधानमन्त्रीको सन्देश बोकेर आएको छु\'
64x64
नेपाल लाइभ बुधबार, फागुन १५, २०७५  १९:२९
1140x725

मन्त्री अधिकारीले हेलिकोप्टर दुर्घटनाअघि चुहानडाँडा विमानस्थल निरीक्षणपश्चात् गरेको भाषण :

अहिले हामी यहाँ आइरहँदा एयरपोर्टको सन्दर्भ चलाउन होइन कि एयरपोर्ट बनाउने हिसाबबाट हेर्न आएका छौँ। यहाँको अवस्थालाई बुझ्न आएका छौँ। 

मेरो साथमा डाँडा एअरपोर्टको (नक्सा देखाउँदै) नक्सा, इस्टमेट, डिजाइन सबै छ। पहिला २९ करोड भने पनि अहिले हामो इस्टमेटअनुसार ८५ करोड खर्च हुने अवस्था छ। यहाँ (एअरपोर्ट) निर्माण गर्नका लागि।

म यतिबेला दुईवटा सन्दर्भमात्रै बताउन चाहान्छु। एउटा, वर्तमान सरकार बनिसकेपछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रालाई, यो अभियानलाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरिरहुभएको छ। 

हामी त्यो मन्त्री मण्डलमा उहाँको नेतृत्वमा काम गरिरहेका छौँ। यो ठाउँ उहाँको जन्मस्थल भएका कारणले मात्रै होइन, यो ठाउँ यस क्षेत्रको उपयुक्त ठाउँ भएको हुनाले पनि यो ठाउँमा एअरपोर्ट बनाउने सन्दर्भमा छलफल गर्‍यौँ। सम्माननीय प्रधानमन्त्रीज्यूले हामीलाई भन्नुभयो त्यसको सन्दर्भमा के कस्तो लाग्छ सबै कुराहरूको डिटेल अध्ययन गर्नुहोस्। 

अघिल्ला अध्ययनका आधारमा हामीले फेरि अध्ययन गर्‍यौँ। र अध्ययन गर्दाखेरि आज हामी यो नक्सा र सबैसहित एउटा अध्ययन पूरा गरिसकेर सम्माननीय प्रधानमन्त्रीज्यूले अब त्यो अध्ययन गरिसकेपछाडि अरु होइन पर्यटन मन्त्री तपाई आफैं जानुस भनेर, चरनडाँडा हेरेर आउनुहोस भन्नुभयो।

त्यसपछि, त्यो अध्ययन पछाडि आज हामी यो ठाउँको स्थलगत अध्ययन गर्नका लागि आएका छौं। अरु अध्ययनले त देखाइरहेको छ, यत्तिकै हेर्दाखेरि पनि यहाँ एअरपोर्ट बनाउनका लागि उपर्युक्त ठाउँ छ। किनभने यहाँ केरी कुराले पनि छेक्दैन। त्यस्तो ठाउँमा भएको हुनाले सबै हिसाबले यो उपर्युक्त हुन्छ भने हामीले ठाँनेका छौँ।

यसअर्थमा म तपाईहरूलाई भन्न चाहन्छु, सम्माननीय प्रधानमन्त्रीज्यूको सन्देश पनि भन्न चाहान्छु, कि सरकार यो ठाउँमा एयरपोर्ट बनाउनका लागि प्रतिबद्ध छ। त्यसकारणले, हामी त्यसलाई अगाडि बढाउनका लागि तपाईहरूको बीचमा आएका छौँ। तपाईहरुको साथ छ। हामी सबै मिलेर यो कामलाई अगाडि बढाउने छौँ। 

nimb
nimb
Ncell 2
Ncell 2

दोश्रो कुरा, पानी परेको छ, मौसम खराब छ, हामी फेरि फर्किनु पर्नेछ। 

सरकार अहिले आफ्ना कामहरू अगाडि बढाइरहेको छ। र सधै अस्थिरताको मात्र फाइदा लिएकाहरू, मुलुकको अव्यवस्थाबाट फाइदा लिएकाहरू, मुलुकलाई  विकास र समृद्धिको यात्रामा अगाडि जान नदिनेहरू आत्तिएका छन्।

केही भएन, केही भएन भनेर कराइरहेका छन्। तर, म भन्न चाहन्छु, अहिले वर्तमान सरकार निर्माण भएपछाडि मुलुकको आर्थिक विकास र समृद्धिको यात्रामा उल्लेख्य कामहरू भएका छन्। स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, तीनटै सरकारको समन्वय, तीनटै सरकारको सञ्चालन, तीनटै सरकारको संगठनात्मक संगठन, तीनटै सरकारको कानुनी व्यवस्थाहरु यो सबै हामी बनाएर यी तीनटै सरकार जनताले निर्वाचित गरेका सरकार हुन्। यी सरकारहरूले राष्ट्र र जनताको पक्षमा काम गरिरहेका छन्।

परिणामहरू देखिइरहेका छन्। र अझै हामीले प्रभावकारी ढंगले काम गर्नुपर्नेछ। त्यसकारण म के भन्न चाहन्छु भने, काम भएको छैन, केही भएको छैन भनेर हल्ला गर्नेहरू छन्। म यति भन्न चाहन्छु, उनीहरू किन हल्ला गरिरहेका छन् भने यो सरकारले काम गरिरहेको छ। त्यसकारणले काम गरिरहेको छैन भनेर अफवाह फैलाउनका लागि हल्ला गरिरहेका छन्।

त्यसकारण म भन्न चाहन्छु, यो ठाउँमा यही मध्य पहाडी राजमार्ग प्रभावकारी ढंगले काम भइरहेको छ।

हामी यहाँ एअरपोर्ट बनाउँदै छौँ। देशभरिका एअरपोर्टहरूलाई सुधार गर्दैछौँ। अन्तरराष्ट्रिय विमानस्थलहरु निर्माण गरिरहेका छौँ। र सँगसँगै यो देशका ठूल्ठूला पूर्वाधारका.. चाहे जलविद्युत् होस्, चाहे रोजगारीका अरू कार्यक्रमहरू होस्, चाहे आर्थिक विकासको कुरा होस्, आर्थिक वृद्धिदर बढाउने कुरा होस वा उत्पादन बढाउने कुरा होस्। सबै क्षेत्रमा काम बढेको छ।

शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम बढेको छ। यस हिसाबबाट स्थानीय सरकारले पनि प्रभावकारी काम गरिरहेको छ। प्रदेश सरकारले गरेको छ। संघीय सरकारले गरेको छ।
अब मुलुकको आर्थिक विकास र समृद्धिलाई कसैले रोक्न सक्दैन । कसैका गफले रोक्न सक्दैन । कसैका अवरोधले रोक्न सक्दैन।

त्यो दिशामा हामी अगाडि बढ्छौँ। यो सरकारको सन्देश हो। यो सरकारको प्रतिबद्धता हो।

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य
सम्बन्धित सामग्री
बालबालिकालाई मायाले दिइने 'गुलियो' नयाँ जनस्वास्थ्य संकट, के भन्छन् विज्ञ? भर्खरै दुई वर्ष पार गरेका यी बालकको जिब्रोले प्राकृतिक रैथाने खाना भन्दा बढी बजारका प्रशोधित र गुलिया खानेकुराहरु चकलेट, विस्कुट, लल... शुक्रबार, जेठ १५, २०८३
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
ताजा समाचारसबै
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
सुदूरपश्चिम सरकारबाट समर्थन फिर्ता लिने एमाले संसदीय दलको निर्णय बुधबार, असार ३१, २०८३
संसद्‌को गरिमा बढ्यो कि घट्यो समीक्षा गरौँ : विपिन आचार्य बुधबार, असार ३१, २०८३
डिजिटल माध्यम र एआईसमेत समेट्दै सरकारले ल्यायो नयाँ राष्ट्रिय विज्ञापन नीति (पुर्णपाठ) बुधबार, असार ३१, २०८३
सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले देश बन्दैन : सांसद शाही बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ? मंगलबार, असार ३०, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
अस्थायी र करारका कर्मचारीद्वारा अर्थ मन्त्रालयमा धर्ना मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
अमेरिकाले गर्‍याे इरानमाथि भीषण आक्रमण बिहीबार, असार २५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्