• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सांसद विजय सुब्बा, जो हेलिकोप्टर ‘प्याक’ हुँदा बाँचे

64x64
नेपाल लाइभ बुधबार, फागुन १५, २०७५  १६:०२
1140x725

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीको हेलिकाेप्टर दुर्घटनाको समाचार चाँडै थाहा पाउनेमध्ये एक तेह्रथुमका सांसद विजय सुब्बा पनि हुन्। 

संसदको राज्य व्यवस्था समितिमा गृहसचिव प्रेम राईले उक्त दुःखद् खबर सुनाउँदा उनी बसेको ठाउँबाट जुरुक्क उठे। 

त्यसपछि बाहिरिन खोज्दै भने, ‘झन्डैले बाँचिएछ हौ!’

प्रिय व्यक्ति गुमाउनको पीडा र आफू संयोगले बाँच्नुको खुसीको दोहोरो रङ सुब्बाकाे अनुहारमा स्पष्ट झल्किन्थ्याे।

आफ्नो जिल्लामा विमानस्थल बनाउन उनले निकै प्रयास गरेका थिए। पर्यटनमन्त्री अधिकारीसँग अनुरोध पनि गरेका थिए। अवलोकनका लागि जाँदा आफू पनि सँगै जान खोजेका रहेछन् उनी। बुधबार मन्त्री अधिकारीसँग फोन सम्पर्क हुन नसकेपछि स्वकीय सचिव राजेन्द्र आचार्यलाई फोन गरेर भनेका थिए, ‘म पनि जान्छु है।’

आचार्यले थोरै सिटको हेलिकोप्टर भएकाले सिट मिल्यो भने खबर गर्ने बताएका थिए। उनी बिहीबार बिहानसम्म आचार्यको फोन कुरिरहे। तर, फोन आएन।

केही समयपछि उनले ‘सिट’ अभावका कारण सँगै लैजान नसकेको जानकारी मन्त्री अधिकारीका तर्फबाट प्राप्त गरे।

साढे ११ बजेदेखि राज्य व्यवस्था समितिमा नागरिकता विधेयक प्रतिवेदनमा छलफल थियो। उनी त्यतै लागे। जिल्लामा विमानस्थल बनाउने कुरामा उनको चासो थियो। स्थानीयसँग सम्पर्क गरिरहे। तर, कार्यक्रमकै समयमा राज्य व्यवस्थामा बैठक पर्‍याे।

nimb
nimb
Ncell 2
Ncell 2

समाचार सुनेपछि आफ्नो जिल्ला तेह्रथुमको चुहानडाँडामा विमानस्थल सम्भाव्यता अध्ययन गर्न मन्त्री अधिकारीसहित नागरिक उड्ययन व्यवसायी तथा प्राविधिक समूह गएको उनले समिति बैठकमा उपस्थित सांसद र पत्रकारलाई जानकारी गराए।

‘यस्तो दु:खद् खबर सुन्दा मन थामिन सकेको छैन,' सांसद सुब्बाले नेपाल लाइभसँग भने, ‘अन्तिम समयमा हेलिकप्टरको सिट प्याक रहेको जानकारी पाएपछि म जान पाएको थिइनँ।’

सुरुमा दुर्घटना परे पनि सबै सकुशल रहेको खबर पाउने आश सबैमा थियो। उनी पनि आशामा सिंहदरबारमा नै कुरिरहे। जिल्लामा फोन गरिरहे। जिल्लाबाट तीन वर्षमा एयरपोर्ट बनाएरै छाड्ने वाचा गरेको खबर आयो।

मन्त्री अधिकारीले विमानस्थल बन्ने लगभग पक्का भएको बताएर गएको स्थानीय एक व्यक्तिले सुनाए उनलाई। उनले सुस्केरा हाल्दै भने, ‘वाचा गर्ने मन्त्रीज्यूको अवस्था के होला?’

हलबाट हामी समितिकी सभापति शशी श्रेष्ठको सचिवालयतिर लाग्यौँ। सांसद सुब्बाले जिल्लामा सम्पर्क गरिरहे। फेरि खबर आयो, ‘उहाँहरु खाना खाएर काठमाडौंका लागि उड्नुभएको थियो।’

यत्तिकैमा अर्का सांसद नवराज सिलवालले ताप्लेजुङका डिएसपी सञ्जय सिंह थापालाई फोन लगाए। उताबाट डिएसपीले भने, ‘स्थानीयले दुर्घटना भएको बताएका छन्। प्रहरी पुग्दैछ।’

उताको आवाजमा निराशा बढी थियो।

यत्तिकैमा सुब्बाले सुस्केरा हाल्दै भने, ‘त्यो डाँडाले धेरैलाई खायो।’

उनले पूर्वराजा ज्ञानेन्द्र शाह दुईपल्ट प्रयास गरेर पनि पाथीभराको डाँडामा पुग्न असफल रहेको प्रसंग झिके। सुवास नेम्वाङ एकैपल्टमा त्यहाँ पुगेको भन्दै गाउँलेहरूले ‘भाग्यमानी’को उपमा दिएको प्रसंग सुनाए।

यत्तिकैमा हेलिकोप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको नामसहितको सूचना आयो।

यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, ध्रुव भोछिभैया, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए। पाइलट प्रभाकर केसीले उडान भरेका थिए। 

सुब्बाले लामो श्वास फेर्दै भने, ‘खत्तम भयो।’

आशाको खबर आउने संकेत नदेखेपछि कान्तिपुर दैनिकका संवाददाता मित्र मकर श्रेष्ठ र म बाहिरियौँ।

सांसद सुब्बाको शरीर पीडाले गह्रुंगो भएको थियो सायद। उनले निस्किने वा त्यहीँ बस्ने निर्णय लिन सकेका थिएनन्।

प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५  १६:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
सम्बन्धित सामग्री
योगलाई आधारभूत स्वास्थ्य सेवामा विस्तार, ७५३ तहमै सेवा विभागका महानिर्देशक डा श्यामबाबु यादव आधारभुत सेवा अन्तर्गत पर्ने योग निदानात्मक स्वास्थ्यका लागि आवश्यक रहेको बताउँछन्। नेपालको संव... बिहीबार, माघ १, २०८२
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
ताजा समाचारसबै
रोल्पा दुर्घटनाको तीन दिनपछि सरकारले भन्यो–सुक्ष्म छानबिन हुँदैछ शनिबार, वैशाख १९, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
आजदेखि पेट्रोल र डिजेलको मूल्य घट्यो, खाना पकाउने ग्याँसको मूल्य बढ्यो शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्