सुनसरी- सुनसरीको इटहरीबाट प्रहरीले लागुऔषधसहित आइतबार २ जनालाई पक्राउ गरेको छ।
दिउँसो २ बजे इटहरी उपमहानगरपालिका-४ श्री कृष्ण पेट्रोल पम्प नजिक स७प २७०० नम्बरको मोटरसाइकललाई शंका लागि जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडी सवार सवार बर्जु गाउँपालिका-३ बस्ने वर्ष १९ का विक्रम कुमार रायकाे साथबाट प्रहरीले लागूऔषध लुपिजेसिक-५० एम्पुल, एभिल-५० एम्पुल र डाइजेल्याव-५० एम्पुल बरामद गरेको हो।
चालक मोटरसाइकल लिएर तत्कालै फरार भए पनि रायलाई भने प्रहरीले नियन्त्रणमा लिएकाे हाे। फरार चालकलाई खोजतलासमा गर्ने क्रममा साँझ ६ बजे सोही गाउँपालिका बस्ने वर्ष ३२ को हेमन्त रायलाई इटहरी चाेकबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।
पक्राउ परेका दुबै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।