• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अंग्रेजी पढाइ थालेपछि सुधारकाे बाटाेतर्फ फत्तेपुरकाे राष्ट्रिय मावि

बाेर्डिङका विद्यार्थीकाे आगमन बढ्दाे, कक्षा सञ्चालनकाे खर्च धान्नै मुश्किल
64x64
नेपाल लाइभ आइतबार, फागुन १२, २०७५  ०८:४८
1140x725

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरका माधव नेपालले निजी विद्यालयमा पढ्दै गरेकी छोरी आस्थालाई सरकारी विद्यालयमा सारे। आस्था अहिले स्थानीय राष्ट्रिय माद्यमिक विद्यालय, फत्तेपुरमा कक्षा ७ मा पढ्छिन्।

गुणस्तरीय पढाइको आशा गरेको निजी विद्यालयमा तुलनात्मक रुपमा फरक नदेखिएपछि छोरीलाई सामुदायिक विद्यालयमा सार्नु परेको नेपालले बताए। ‘सरकारी स्कुलभन्दा पढाइ राम्रो हुन्छ भनेर बाेर्डिङमा भर्ना गरायौं, तर खासै फरक लागेन’, नेपालले भने, ‘अनावश्यक खर्च बढाउनुभन्दा स्कुलबाट निकाल्नु नै उपयुक्त लाग्यो।’

निजी विद्यालयको संख्यात्मक वृद्धिसँगै विद्यार्थीको संख्या घट्न थालेपछि पढाइको गुणस्तर सुधारमा ध्यान दिन थालेकाले सामुदायिक विद्यालय पनि प्रभावकारी हुँदै गएको उनको बुझाई छ। ‘सरकारी स्कुलमा पढाइ नै हुँदैन भन्ने बुझाई गलत हो, सबै विद्यालय त्यस्ता हुँदैनन्’, उनी भन्छन्, ‘शिक्षकको सामान्य प्रयास र अभिभावकको सहयोग भए सरकारी विद्यालय पनि अब्बल बन्न सक्छन्।’

राष्ट्रिय माद्यमीक विद्यालयले पढाईको गुणस्तर सुधारमा देखाएको तदारुकता सह्रानिय भएको भन्दै नेपालले प्रशंषा पनि गरे।

माधव मात्र होइनन्, पछिल्लो समय निजी विद्यालयबाट सामुदायिक विद्यालयमा सार्ने अभिभावकको संख्या धेरै छ। चालू शैक्षिक सत्रमा मावी तहका कक्षामा सरदर १०/१५ जनाका दरले निजी विद्यालयका विद्यार्थी यस विद्यालयमा भर्ना भएका छन्। तर, आधारभूत तहमा भने विद्यार्थी भर्नाको दर अलि बढी छ।

कक्षा ३ सम्म अंग्रजी माध्यमको पढाइ सुरु गरेपछि अभिभावकले बाेर्डिङ स्कुलबाट विद्यार्थी निकालेर भर्ना गराउन थालेकाले विद्यार्थी संख्या बढेको प्रधानाध्यापक महेश मास्केले जानकारी दिए। ‘अधिकांस अभिभावकमा अंग्रजी मोह देखेपछि हामीले पनि रणनीति परिवर्तन गर्‍र्याैं', मास्के भन्छन्, ‘यो अर्थमा हामी सामान्य रुपमा सफल पनि भएका छौं।’ राष्ट्रिय माविमा हाल ४ सय ९ जना विद्यार्थी अध्ययनरत छन्।

वालविकास देखिनै अंग्रेजीको अभ्यास गराउँदै कक्षा ३ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन थालिएको तथा आगामी वर्षदेखि ८ कक्षादेखि पनि अंग्रेजी विषयको पढाइ सुरु गर्ने निर्णय भएको मास्केले बताए। ‘विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बैठकले ०७६ देखि कक्षा ८ बाट पनि अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने निर्णय गरेको छ’, उनले भने, ‘सबै कक्षामा जतिसक्दो चाँडो अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने मनसायले यसो गरिएको हो।’

Ncell 2
Ncell 2
nimb
nimb

अंग्रेजी माद्यमको पढाइलाई व्यवस्थित गर्नसके अभिभावकमा रहेको अंग्रेजी मोहलाई उपयोग गरी विद्यालयलाई उत्कृष्ट बनाउँदै जान सकिने उनको बुझाई छ।

यसका साथै विद्यालयमा कक्षा ६ देखि ९ सम्म कम्प्युटर कक्षाको पनि व्यवस्था मिलाइएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा १० मा पनि कक्प्युटर कक्षा थप गर्ने योजना बनेको मास्केले जानकारी दिए।

शिक्षक र भौतिक पुर्वाधारको अभाव

२०४५ सालमा स्थापित यस विद्यालयको पठनपाठन र शैक्षिक क्रियाकलापमा सामान्य सुधार देखिएपनि भौतिक संरचना र शिक्षकको पदपूर्ति भने सन्तोषजनक छैन। विद्यालयले निरन्तर कक्षा कोठा र शिक्षक अभाव झेल्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष खतिवडा बताउँछन्। ‘राष्ट्रिय माविलाई जिल्लाकै नमूना विद्यालयको रुपमा चिनाउने योजनाका साथ हामी काम गर्दैछौं’, उनले भने, ‘तर, सोचअनुसार काम गर्ने जनशक्ति र आवश्यक श्रोतसाधन नहुँदा खुम्चिएर बस्नु परेको छ।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

विद्यालयमा हाल मावितर्फ २ राहत र १ दरबन्दीसहित ३ जना मात्र शिक्षक छन्। दरबन्दीमा रहेका प्रअ मास्के पनि जनता मावि सिस्वारीबाट काजमा आएका हुन्। मावि तहको पठनपाठनका लागि निमावि र प्रावि तहका शिक्षकलाई मासिक ७ सय ५० रुपैयाँका दरले थप भत्ता दिएर व्यवस्थापन गरिएको छ।

निमावितर्फ राहतसहित ३, प्रावितर्फ ७ र वालविकासमा धाइआमासहित ३ जना शिक्षक/कर्मचारी कार्यरत छन्। विद्यार्थी अनुपात र शैक्षिक सुधारका हिसाबले शिक्षक तथा कर्मचारी अत्यन्तै कम भएको खतिवडाले बताए।

'हुन त १ नम्बर वडा कार्यालयले केही समयअघि एक जना शिक्षकको तलब विद्यालयलाई उपलब्ध गराउने सहमति पनि गरेको थियो। तर, त्यो सहमति पनि कार्यान्वयनमा आएको छैन', उनले गुनासो गरे।

चन्दा संकलन गरेर कक्षा ११ र १२ चलाउने तयारी

माद्यमिक विद्यालय बन्नका लागि ११ र १२ कक्षा पनि सञ्चालन गर्नैपर्ने नयाँ प्रावधानले पनि विद्यालयमा समस्या थपिएको छ। ‘विद्यालयको आवश्यकता पनि हो, बाध्यता पनि छ। आगामी वर्षदेखि कक्षा ११ को पढाइ पनि सुरु गर्ने योजनामा छौं’, प्रअ मास्के भन्छन्, ‘अरु कुरा त ठिकै हो, पढाउने मान्छे कसरी धान्ने भन्ने चाहीं समस्या छ।’

हुन त ११ र १२ कक्षा सञ्चालनका लागि स्थानीय समुदायले पनि विद्यालयलाई सहयोग गरेका छन्। समुदायबाट २ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरिएको विद्यालयले जनाएको छ। तर, पठनपाठन सुरु गर्नुभन्दा पनि त्यसको निरन्तरता प्रमुख भएकाले स्थानीय तहलगायत सम्वन्धित निकायले यस विषयमा गम्भीर भएर सोचिदिनुपर्ने अध्यक्ष खतिवडाले बताए।

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर)
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सहमहामन्त्री खस आर्यमा आचार्य विजयी शुक्रबार, असोज ३०, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्