• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

अंग्रेजी पढाइ थालेपछि सुधारकाे बाटाेतर्फ फत्तेपुरकाे राष्ट्रिय मावि

बाेर्डिङका विद्यार्थीकाे आगमन बढ्दाे, कक्षा सञ्चालनकाे खर्च धान्नै मुश्किल
64x64
नेपाल लाइभ आइतबार, फागुन १२, २०७५  ०८:४८
1140x725

राजविराज– सप्तरीको सप्तकोशी नगरपालिका-१, फत्तेपुरका माधव नेपालले निजी विद्यालयमा पढ्दै गरेकी छोरी आस्थालाई सरकारी विद्यालयमा सारे। आस्था अहिले स्थानीय राष्ट्रिय माद्यमिक विद्यालय, फत्तेपुरमा कक्षा ७ मा पढ्छिन्।

गुणस्तरीय पढाइको आशा गरेको निजी विद्यालयमा तुलनात्मक रुपमा फरक नदेखिएपछि छोरीलाई सामुदायिक विद्यालयमा सार्नु परेको नेपालले बताए। ‘सरकारी स्कुलभन्दा पढाइ राम्रो हुन्छ भनेर बाेर्डिङमा भर्ना गरायौं, तर खासै फरक लागेन’, नेपालले भने, ‘अनावश्यक खर्च बढाउनुभन्दा स्कुलबाट निकाल्नु नै उपयुक्त लाग्यो।’

निजी विद्यालयको संख्यात्मक वृद्धिसँगै विद्यार्थीको संख्या घट्न थालेपछि पढाइको गुणस्तर सुधारमा ध्यान दिन थालेकाले सामुदायिक विद्यालय पनि प्रभावकारी हुँदै गएको उनको बुझाई छ। ‘सरकारी स्कुलमा पढाइ नै हुँदैन भन्ने बुझाई गलत हो, सबै विद्यालय त्यस्ता हुँदैनन्’, उनी भन्छन्, ‘शिक्षकको सामान्य प्रयास र अभिभावकको सहयोग भए सरकारी विद्यालय पनि अब्बल बन्न सक्छन्।’

राष्ट्रिय माद्यमीक विद्यालयले पढाईको गुणस्तर सुधारमा देखाएको तदारुकता सह्रानिय भएको भन्दै नेपालले प्रशंषा पनि गरे।

माधव मात्र होइनन्, पछिल्लो समय निजी विद्यालयबाट सामुदायिक विद्यालयमा सार्ने अभिभावकको संख्या धेरै छ। चालू शैक्षिक सत्रमा मावी तहका कक्षामा सरदर १०/१५ जनाका दरले निजी विद्यालयका विद्यार्थी यस विद्यालयमा भर्ना भएका छन्। तर, आधारभूत तहमा भने विद्यार्थी भर्नाको दर अलि बढी छ।

कक्षा ३ सम्म अंग्रजी माध्यमको पढाइ सुरु गरेपछि अभिभावकले बाेर्डिङ स्कुलबाट विद्यार्थी निकालेर भर्ना गराउन थालेकाले विद्यार्थी संख्या बढेको प्रधानाध्यापक महेश मास्केले जानकारी दिए। ‘अधिकांस अभिभावकमा अंग्रजी मोह देखेपछि हामीले पनि रणनीति परिवर्तन गर्‍र्याैं', मास्के भन्छन्, ‘यो अर्थमा हामी सामान्य रुपमा सफल पनि भएका छौं।’ राष्ट्रिय माविमा हाल ४ सय ९ जना विद्यार्थी अध्ययनरत छन्।

वालविकास देखिनै अंग्रेजीको अभ्यास गराउँदै कक्षा ३ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन थालिएको तथा आगामी वर्षदेखि ८ कक्षादेखि पनि अंग्रेजी विषयको पढाइ सुरु गर्ने निर्णय भएको मास्केले बताए। ‘विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको बैठकले ०७६ देखि कक्षा ८ बाट पनि अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने निर्णय गरेको छ’, उनले भने, ‘सबै कक्षामा जतिसक्दो चाँडो अंग्रेजी माध्यमको पढाइ सुरु गर्ने मनसायले यसो गरिएको हो।’

Ncell 2
Ncell 2

अंग्रेजी माद्यमको पढाइलाई व्यवस्थित गर्नसके अभिभावकमा रहेको अंग्रेजी मोहलाई उपयोग गरी विद्यालयलाई उत्कृष्ट बनाउँदै जान सकिने उनको बुझाई छ।

यसका साथै विद्यालयमा कक्षा ६ देखि ९ सम्म कम्प्युटर कक्षाको पनि व्यवस्था मिलाइएको छ। आगामी शैक्षिक सत्रदेखि कक्षा १० मा पनि कक्प्युटर कक्षा थप गर्ने योजना बनेको मास्केले जानकारी दिए।

शिक्षक र भौतिक पुर्वाधारको अभाव

२०४५ सालमा स्थापित यस विद्यालयको पठनपाठन र शैक्षिक क्रियाकलापमा सामान्य सुधार देखिएपनि भौतिक संरचना र शिक्षकको पदपूर्ति भने सन्तोषजनक छैन। विद्यालयले निरन्तर कक्षा कोठा र शिक्षक अभाव झेल्दै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष खतिवडा बताउँछन्। ‘राष्ट्रिय माविलाई जिल्लाकै नमूना विद्यालयको रुपमा चिनाउने योजनाका साथ हामी काम गर्दैछौं’, उनले भने, ‘तर, सोचअनुसार काम गर्ने जनशक्ति र आवश्यक श्रोतसाधन नहुँदा खुम्चिएर बस्नु परेको छ।’

विद्यालयमा हाल मावितर्फ २ राहत र १ दरबन्दीसहित ३ जना मात्र शिक्षक छन्। दरबन्दीमा रहेका प्रअ मास्के पनि जनता मावि सिस्वारीबाट काजमा आएका हुन्। मावि तहको पठनपाठनका लागि निमावि र प्रावि तहका शिक्षकलाई मासिक ७ सय ५० रुपैयाँका दरले थप भत्ता दिएर व्यवस्थापन गरिएको छ।

निमावितर्फ राहतसहित ३, प्रावितर्फ ७ र वालविकासमा धाइआमासहित ३ जना शिक्षक/कर्मचारी कार्यरत छन्। विद्यार्थी अनुपात र शैक्षिक सुधारका हिसाबले शिक्षक तथा कर्मचारी अत्यन्तै कम भएको खतिवडाले बताए।

'हुन त १ नम्बर वडा कार्यालयले केही समयअघि एक जना शिक्षकको तलब विद्यालयलाई उपलब्ध गराउने सहमति पनि गरेको थियो। तर, त्यो सहमति पनि कार्यान्वयनमा आएको छैन', उनले गुनासो गरे।

चन्दा संकलन गरेर कक्षा ११ र १२ चलाउने तयारी

माद्यमिक विद्यालय बन्नका लागि ११ र १२ कक्षा पनि सञ्चालन गर्नैपर्ने नयाँ प्रावधानले पनि विद्यालयमा समस्या थपिएको छ। ‘विद्यालयको आवश्यकता पनि हो, बाध्यता पनि छ। आगामी वर्षदेखि कक्षा ११ को पढाइ पनि सुरु गर्ने योजनामा छौं’, प्रअ मास्के भन्छन्, ‘अरु कुरा त ठिकै हो, पढाउने मान्छे कसरी धान्ने भन्ने चाहीं समस्या छ।’

हुन त ११ र १२ कक्षा सञ्चालनका लागि स्थानीय समुदायले पनि विद्यालयलाई सहयोग गरेका छन्। समुदायबाट २ लाख ५० हजार रुपैयाँ चन्दा संकलन गरिएको विद्यालयले जनाएको छ। तर, पठनपाठन सुरु गर्नुभन्दा पनि त्यसको निरन्तरता प्रमुख भएकाले स्थानीय तहलगायत सम्वन्धित निकायले यस विषयमा गम्भीर भएर सोचिदिनुपर्ने अध्यक्ष खतिवडाले बताए।

प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५  ०८:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै
यस्तो रहनेछ देशभरको मौसम
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक स्थगित मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको भाउ मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्