• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बम विष्फोटका पीडित भन्छन्- के जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको होइन?

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  १९:४२
1140x725

काठमाडौं- शुक्रबार साँझ। एक्युरियमका लागि माछा किन्न भनी घरबाट नख्खु चोकका लागि निस्केकी थिइन् प्रतीक्षा खड्का। 

माछा किनेर घर फर्कँदै थिइन् उनी। करिब पौने ७ बजे, उनी एनसेल गेटअघिबाट स्कुटरमा घर जाँदै थिइन्। 

बढ्याङ्..। 

अचानक केही पड्केको ठूलो र भयानक आवाज आयो। एकाएक वातावरण कोलहाल मच्चियो। एकछिन त उनले केही पनि देखिनन्। 

सास फेर्न समेत अफ्ठेरो भयो। के भइरहेका थियो भन्न सक्ने स्थिति थिएन। एक्कासी ढाड पछाडि दुःखे जस्तो पनि भयो उनलाई। 

विस्तारै थाहा भयो, कुकर पड्किएको रहेछ। 

केही मान्छे लडेको देखिन्‍ प्रतीक्षाले। सिसा फुटेको आवाज सुनिन्। गन्ध कि सुगन्ध छुट्याउन सकिनन् उनले तर फरक थियो सदाको भन्दा। प्रतीक्षाले मान्छेहरू घाइते भएको देखिन्। आफू पनि आत्तिइन्। तर उनले सोचिन् धन्न मलाई चाँहि केही भएन। 

यो भन्दा बढी केही पनि थाहा भएन । आफूलाई के भइरहेको छ? भन्ने पनि उनलाई राम्रो सम्झना छैन। 

Ncell 2
Ncell 2

अनुहारभरि त्रास बोकेर उनी बागडोलस्थित आफ्नो घरमा गइन्। 

शरीरको पछाडिको भाग दुखिरहेको अनुभव भयो उनलाई। कोठामा पुगेपछि दुखेको ठाउँमा कपडाले पन्छाएर हेरिन्। 

रगतको भेल पो बगिरहेछ।

उनी अत्तालिइन्। परिवार पनि अत्तालियो। अचेतजस्तै भइन् उनी।  

परिवार र आफन्तले प्रतीक्षालाई अल्का अस्पताल पुर्‍याए। अवस्था गम्भीर  थियो। त्यहाँबाट पनि रिफर गरेपछि मेडिसिटी ल्याइयो र अप्रेसन थिएटरमा लगियो।

अप्रेसनपछि उनको ढाडबाट बमको छर्रा निकालिएको थियो। जुन प्रेसर कुकरको सिटीजस्तै थियो। 

शनिबार अस्पतालमा नेपाल लाइभ पुग्दा उनी ओपिडी कक्षमा थिइन्। 

शल्यक्रियापश्चात् ओपिडीमा राखिएकी प्रतीक्षाको स्वास्थ्य अवस्था सामान्य थियो। 

हाँस्न खोजिरहेको उनको अनुहार त्रासमुक्त भने थिएन। 

सिकार सर्वसाधारण
शुक्रबार नख्खुस्थित एनसेल गेटमा बम विष्फोट भयो। एनसेललाई तार्गेट गरेर अज्ञात समूहले प्रेसर कुकर बम पड्काएको थियो। तर, त्यसको सिकार भने ३ जना निर्दोष सर्वसाधारण भए।

सिकार भएका तीन जना मध्येकी एक हुन् प्रतीक्षा। 

उनी अहिले मेडिसिटी अस्पतालमा उपचाररत छन्। ‘अहिले त बल्लबल्ल बाँचियो।  यहाँ सधैँ यस्तो भइरहन्छ,  हाम्रो सुरक्षाको ग्यारेन्टी कसले लिन्छ?,’ अस्पतालको बेडबाटै प्रतीक्षाले पीडाको भारी बिसाइन्, सरकारबाट आम नागरिकले गर्ने अपेक्षा पनि राखिन् प्रश्नात्मक शैलीमा। 

घटनाको अर्को सिकार भए सिंहराज गुरुङ। गम्भीर घाइते भएका गुरुङलाई बिहान सोही अस्पतालले मृत घोषणा गर्‍यो। 

सिंगापुर पुलिस फोर्सका पूर्व अफिसर गुरुङ ३ वर्षअघि रिटायर भएका थिए। आफन्तका अनुसार शनिबार पिक्निक जान शुक्रबार किनमेल गर्न बजार निस्केका थिए उनी। 

साँझपख नख्खुचोकको एनसेल गेटको विपरीत भागमा १०३२ नम्बरको टक्सन गाडी पार्किङ गरेर उनी वारी आएका थिए। गेटनजिकैबाट हिँड्ने क्रममा उनको खुट्टाले छोएपछि बम विष्फोट भयो। 

गुरुङ विष्फोटबाट उम्कन सकेनन्। 

मृतक गुरुङको परिवार यतिबेला अचेत अवस्थामा छ। गुरुङकी श्रीमती होसमा आउन सकेकी छैनन्। गुरुङलाई अस्पताल ल्याउने क्रममा प्रहरीले लापरबाही गरेको आफन्तको गुनासो छ। 

दुर्घटना र मेडिसिटी अस्पतालको दूरी अनुमानित २ सय मिटरको छ। तर, ‘नजिकको अस्पताल नलगी टाढाको अल्का र त्यहाँबाट बी एन्ड बी अस्पताल लगेर प्रहरीले लापरबाही गरेको’ भन्दै आफन्तले आक्रोश पोखेका छन्।  

‘अस्पताल र प्रहरीकै लापरबाहीले उहाँको ज्यान गयो,’ मृतक गुरुङकी आफन्त रमा गुरुङले भनिन्। 

दुर्घटनाबाट अर्को सिकार हुन्, उरुषा मानन्धर। उनी मेडिसिटी अस्पतालमै कार्यरत नर्स हुन्। ड्युटी सकेर साँझ घर फर्कँदै गर्दा विष्फोटमा परिन्। 

उनको देब्रे खुट्टामा गहिरो चोट लागेको छ। 

सरकारको आश्वासन, जनतामा त्रास कायमै
शनिबार बिहान घाइतेको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मेडिसिटी अस्पताल पुगे। थापासँगै आइजिपी सर्वेन्द्र खनाल र डिआइजी शैलेश थापा पनि अस्पताल पुगे। 

गृहमन्त्री थापाले उनीहरूलाई आश्वासन दिँदै उपचारको खर्च सरकारले व्यहोर्ने बताए। 

तर, पीडितपक्ष भने त्रासबाट उम्कन सकेको छैन। उनीहरू उदासीन छन्। नख्खुस्थित एनसेल टावर सँगसँगै नेपालका दर्जनौँ टावरमा अज्ञात समूहले विष्फोट गराएको छ। 

घटनाबाट प्रभावित पीडितहरूसँग एउटै गुनासो छ,‘जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको होइन? 

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो
दुई संसदीय समितिको बैठक बस्दै
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
देउवाले राजीनामा दिन नमानेपछि महामन्त्रीहरूसँगको वार्ता टुंगियो बुधबार, पुस ३०, २०८२
दुई संसदीय समितिको बैठक बस्दै बुधबार, पुस ३०, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
यस्तो रहनेछ देशभरको मौसम बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
प्रदर्शन दबाउन इरानी सरकारले गरेको कारबाहीमा हजारौं मारिएको आशंका मंगलबार, पुस २९, २०८२
संस्थापन र विशेष महाधिवेशन पक्षधरको जुटेन सहमति मंगलबार, पुस २९, २०८२
कांग्रेस विशेष महाधिवेशन निर्वाचनमै मोडियो, मनोननय दर्ताको समय थपियो, बिहान वार्ता पनि हुँदै बुधबार, पुस ३०, २०८२
निर्णायक वार्ताको लागि देउवा निवास महाराजगन्ज पुगे गगन र विश्व बुधबार, पुस ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्