• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

बम विष्फोटका पीडित भन्छन्- के जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको होइन?

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  १९:४२
1140x725

काठमाडौं- शुक्रबार साँझ। एक्युरियमका लागि माछा किन्न भनी घरबाट नख्खु चोकका लागि निस्केकी थिइन् प्रतीक्षा खड्का। 

माछा किनेर घर फर्कँदै थिइन् उनी। करिब पौने ७ बजे, उनी एनसेल गेटअघिबाट स्कुटरमा घर जाँदै थिइन्। 

बढ्याङ्..। 

अचानक केही पड्केको ठूलो र भयानक आवाज आयो। एकाएक वातावरण कोलहाल मच्चियो। एकछिन त उनले केही पनि देखिनन्। 

सास फेर्न समेत अफ्ठेरो भयो। के भइरहेका थियो भन्न सक्ने स्थिति थिएन। एक्कासी ढाड पछाडि दुःखे जस्तो पनि भयो उनलाई। 

विस्तारै थाहा भयो, कुकर पड्किएको रहेछ। 

केही मान्छे लडेको देखिन्‍ प्रतीक्षाले। सिसा फुटेको आवाज सुनिन्। गन्ध कि सुगन्ध छुट्याउन सकिनन् उनले तर फरक थियो सदाको भन्दा। प्रतीक्षाले मान्छेहरू घाइते भएको देखिन्। आफू पनि आत्तिइन्। तर उनले सोचिन् धन्न मलाई चाँहि केही भएन। 

यो भन्दा बढी केही पनि थाहा भएन । आफूलाई के भइरहेको छ? भन्ने पनि उनलाई राम्रो सम्झना छैन। 

Ncell 2
Ncell 2
nimb
nimb

अनुहारभरि त्रास बोकेर उनी बागडोलस्थित आफ्नो घरमा गइन्। 

शरीरको पछाडिको भाग दुखिरहेको अनुभव भयो उनलाई। कोठामा पुगेपछि दुखेको ठाउँमा कपडाले पन्छाएर हेरिन्। 

रगतको भेल पो बगिरहेछ।

उनी अत्तालिइन्। परिवार पनि अत्तालियो। अचेतजस्तै भइन् उनी।  

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

परिवार र आफन्तले प्रतीक्षालाई अल्का अस्पताल पुर्‍याए। अवस्था गम्भीर  थियो। त्यहाँबाट पनि रिफर गरेपछि मेडिसिटी ल्याइयो र अप्रेसन थिएटरमा लगियो।

अप्रेसनपछि उनको ढाडबाट बमको छर्रा निकालिएको थियो। जुन प्रेसर कुकरको सिटीजस्तै थियो। 

शनिबार अस्पतालमा नेपाल लाइभ पुग्दा उनी ओपिडी कक्षमा थिइन्। 

शल्यक्रियापश्चात् ओपिडीमा राखिएकी प्रतीक्षाको स्वास्थ्य अवस्था सामान्य थियो। 

हाँस्न खोजिरहेको उनको अनुहार त्रासमुक्त भने थिएन। 

सिकार सर्वसाधारण
शुक्रबार नख्खुस्थित एनसेल गेटमा बम विष्फोट भयो। एनसेललाई तार्गेट गरेर अज्ञात समूहले प्रेसर कुकर बम पड्काएको थियो। तर, त्यसको सिकार भने ३ जना निर्दोष सर्वसाधारण भए।

सिकार भएका तीन जना मध्येकी एक हुन् प्रतीक्षा। 

उनी अहिले मेडिसिटी अस्पतालमा उपचाररत छन्। ‘अहिले त बल्लबल्ल बाँचियो।  यहाँ सधैँ यस्तो भइरहन्छ,  हाम्रो सुरक्षाको ग्यारेन्टी कसले लिन्छ?,’ अस्पतालको बेडबाटै प्रतीक्षाले पीडाको भारी बिसाइन्, सरकारबाट आम नागरिकले गर्ने अपेक्षा पनि राखिन् प्रश्नात्मक शैलीमा। 

घटनाको अर्को सिकार भए सिंहराज गुरुङ। गम्भीर घाइते भएका गुरुङलाई बिहान सोही अस्पतालले मृत घोषणा गर्‍यो। 

सिंगापुर पुलिस फोर्सका पूर्व अफिसर गुरुङ ३ वर्षअघि रिटायर भएका थिए। आफन्तका अनुसार शनिबार पिक्निक जान शुक्रबार किनमेल गर्न बजार निस्केका थिए उनी। 

साँझपख नख्खुचोकको एनसेल गेटको विपरीत भागमा १०३२ नम्बरको टक्सन गाडी पार्किङ गरेर उनी वारी आएका थिए। गेटनजिकैबाट हिँड्ने क्रममा उनको खुट्टाले छोएपछि बम विष्फोट भयो। 

गुरुङ विष्फोटबाट उम्कन सकेनन्। 

मृतक गुरुङको परिवार यतिबेला अचेत अवस्थामा छ। गुरुङकी श्रीमती होसमा आउन सकेकी छैनन्। गुरुङलाई अस्पताल ल्याउने क्रममा प्रहरीले लापरबाही गरेको आफन्तको गुनासो छ। 

दुर्घटना र मेडिसिटी अस्पतालको दूरी अनुमानित २ सय मिटरको छ। तर, ‘नजिकको अस्पताल नलगी टाढाको अल्का र त्यहाँबाट बी एन्ड बी अस्पताल लगेर प्रहरीले लापरबाही गरेको’ भन्दै आफन्तले आक्रोश पोखेका छन्।  

‘अस्पताल र प्रहरीकै लापरबाहीले उहाँको ज्यान गयो,’ मृतक गुरुङकी आफन्त रमा गुरुङले भनिन्। 

दुर्घटनाबाट अर्को सिकार हुन्, उरुषा मानन्धर। उनी मेडिसिटी अस्पतालमै कार्यरत नर्स हुन्। ड्युटी सकेर साँझ घर फर्कँदै गर्दा विष्फोटमा परिन्। 

उनको देब्रे खुट्टामा गहिरो चोट लागेको छ। 

सरकारको आश्वासन, जनतामा त्रास कायमै
शनिबार बिहान घाइतेको अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मेडिसिटी अस्पताल पुगे। थापासँगै आइजिपी सर्वेन्द्र खनाल र डिआइजी शैलेश थापा पनि अस्पताल पुगे। 

गृहमन्त्री थापाले उनीहरूलाई आश्वासन दिँदै उपचारको खर्च सरकारले व्यहोर्ने बताए। 

तर, पीडितपक्ष भने त्रासबाट उम्कन सकेको छैन। उनीहरू उदासीन छन्। नख्खुस्थित एनसेल टावर सँगसँगै नेपालका दर्जनौँ टावरमा अज्ञात समूहले विष्फोट गराएको छ। 

घटनाबाट प्रभावित पीडितहरूसँग एउटै गुनासो छ,‘जनताको सुरक्षा गर्ने जिम्मेवारी सरकारको होइन? 

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १९:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित शुक्रबार, असोज ३०, २०८३
बाह्य सहयोग लिँदा सचेत रहन पूर्वराजा ज्ञानेन्द्रकाे आग्रह शुक्रबार, असोज ३०, २०८३
यमनमा राष्ट्रपतीय दरबारमा हुथीको क्षेप्यास्त्र आक्रमण, पाँच जनाको मृत्यु शुक्रबार, असोज ३०, २०८३
हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना शुक्रबार, असोज ३०, २०८३
नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्