Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

नाफाखोरी आयल निगम : ऐन विपरीत मट्टितेल बिक्रीमा २८ प्रतिशत लुट

64x64
नेपाल लाइभ शनिबार, फागुन ११, २०७५  १८:२०
1140x725

काठमाडौं- नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल आयल निगमले ऐन विपरीत मट्टितेल बिक्रीमा २८ प्रतिशतभन्दा बढी नाफा लिँदै बिक्री गरेको रहस्य खुल्न आएको छ।

निगमले प्रतिलिटर ९७ रुपैयाँमा मट्टितेल बिक्री गर्दै २८ दशमलव ६८ प्रतिशत नाफा खाएको हो। तर, कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ मा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था गरेको छ।

निगमले अहिले एक लिटर मट्टितेल बिक्रीमा २७.८२ रुपैयाँ नाफा लिँदै आएको छ।

निगमले लिँदै आएको यो नाफा कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ विपरीत रहेको छ। ऐनको दफामा ३ मा २० प्रतिशतभन्दा बढी मुनाफा लिन नपाउने व्यवस्था गरेको छ। ऐनको बर्खिलाप गर्दै  २० प्रतिशतभन्दा बढी नाफा गरी समान बिक्री गरेको अवस्थामा ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

तर, सरकारी संस्थान निगम आफैंले मट्टितेल बिक्रीमा २० प्रतिशतभन्दा बढी नाफा खाँदै आएको हो।

कसरी नाफा असुल गर्दैछ निगम? हेनुहोस् हिसाबकिताब
निगमले अहिले मट्टितेल प्रतिलिटर ९७ रुपैयाँमा बिक्री गरिरहेको छ। जसमा निगमले आफ्नो आधिकारिक वेवपेजमै मट्टितेल बिक्रीमा प्रतिलिटर २७ रुपैयाँ ८२ पैसा फाइदा रहेको उल्लेख गरेको छ।

यो भन्नुको अर्थ नेपाल आयल निगमले मट्टितेल आयातदेखि बिक्रीका लागि बजार पठाउँदासम्मको सबै खर्च कटाएर हुने नाफा जनाउँछ। अहिले नेपालमा मट्टितेल मासिक १४ सय किलोलिटरदेखि २ हजार किलोलिटरसम्म बिक्री हुँदै आएको छ। निगमले अहिले १५ दिनमा मट्टितेल बिक्रीमा ऐन विपरीत कति नाफा कमाउँदै छ? अब यसको लेखाजोखा तिर लागौं।

Ncell 2
Ncell 2
nimb
nimb

-एक लिटर मट्टितेलको बिक्री मूल्य ९७ रुपैयाँ

-निगमलाई फाइदाः प्रतिलिटरमा २७ रुपैयाँ ८२ पैसा

-बिक्री मूल्यबाट फाइदा मूल्य घटाउँदा मट्टितेलमा निगमले गर्ने खर्च ६९ रुपैयाँ १८ पैसा मात्रै हुन आउँछ। 

-ऐनले दिएको अधिकार भित्र बसेर २० प्रतिशत मात्रै नाफा लिने हो भने उपभोक्ताले मट्टितले प्रतिलिटर ८३ रुपैयाँ ०१६ पैसा हो।

Xtrem

Xtrem

-तर, २८ दशमलव ६८ प्रतिशत नाफा राख्दै मट्टितेल बिक्रीमा ऐन विपरीत प्रतिलिटर १३.९८४ रुपैयाँ बढी फाइदा लिँदै आएको छ।

अब प्रतिलिटर १३.९८४ रुपैयाँ अवैधानिक रुपमा नाफा लिँदा निगमले १५ दिनमा ७ सय किलोलिटर मट्टितेल बिक्रीबाट ९७ लाख ८८ हजार रुपैयाँभन्दा बढी नाफा असुली गरिरहेको छ। ७ सय किलोलिटरका ठाउँमा १ हजार किलोलिटर मट्टितेल बिक्रीमा पनि यही रेटमा १ करोड ३९ लाख ८४ हजार रुपैयाँ भन्दा बढी अवैध नाफा आर्जन गरिरहेको छ।

तर, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द गोइतले भने डिजेलभन्दा मट्टितेल सस्तो हुँदा मिसावट बढ्ने भएकाले मट्टितेलमा बढी नाफा लिनुपरेको गैरजिम्मेवार तर्क गर्छन्। सरकारले मिसावट भए/नभएको ल्याब परीक्षण गरी प्रमाणित भएको अवस्थामा कारबाही गर्ने हो। तर, अनुगमन गरी मिसावट गर्नेलाई कारबाही गर्नुको सट्टा बढी फाइदा लिनुपर्ने तर्क उनको छ।

तर, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका माधव तिमल्सिना भने सरकार आफैंले ऐन विपरीत बढी फाइदा लिन नपाउने बताउँछन्। सरकारले मट्टितेलको मूल्य डिजेलको भन्दा कम भएको अवस्थामा मिसावट हुन्छ भनेर ऐन विपरित बढी फाइदा लिन नपाउने उनको भनाइ छ। 

‘सरकार आफैले ऐनको बर्खिलाप गर्छ भने निजी क्षेत्रका व्यवासायीले ऐन विपरीत बढी फाइदा लिएको अवस्थामा कसरी कारबाही गर्ने?’, उनले भने।

वीरेन्द गोइत, 
प्रवक्ता, नेपाल आयल निगम

२०६५ सालमा सरकारले डिजेल र मट्टितेलको मूल्य एउटै हुनपर्छ भन्ने निर्णय गरेको थियो। त्यसको कारण के थियो भने डिजेलभन्दा सस्तोमा पाइने मट्टितेललाई डिजेलमा मिसावट गरेको भेटिएको थियो। डिजेलमा मट्टितेलको मिसावट रोक्न गाह्रो भएपछि उक्त निर्णय भएको थियो र दुईवटैको मूल्य समान बनाइएको हो।

मट्टितेलमा फाईदा लिनु कुनै जरुरी छैन। तर, हामीले वास्तविक मूल्यमा बेच्न थाल्यौं भने हामी पहिलेकै अवस्थामा आइपुग्छौं। फेरी मिसावट गर्ने काम सुरु हुन्छ। अर्को कुरा के हो भने मट्टितेलको बिक्री निकै कम छ। निगमको अहिलेको तथ्याङ्क हेर्ने हो भने मासिक मट्टितेलको बिक्री १४ सयदेखि २ हजार किलोलिटरसम्म छ। जबकि डिजेलको बिक्री न्यूनतम मासिक १ लाख ५० हजार किलोलिटर छ। अहिले मट्टितेल निकै कम मानिसले मात्र प्रयोग गर्छन्।

अधिकांशले एलपी ग्यास नै प्रयोग गर्न थालिसकेका छन्। अहिलेको मुख्य कुरा के हो भने हामीले एउटा खालको निर्णय गरेर अर्को समस्यालाई निम्तो दिने त? निकै कम मात्र बिक्री हुने मट्टितेलबाट निगमलाई खासै धेरै नाफा पनि छैन। डिजेलभन्दा सस्तोमा मट्टितेल बिक्री गरेको अवस्थामा फेरि मिसावट बढछ। जसका कारण मट्टितेल बिक्रीमा २० प्रतिशतभन्दा बढी नाफा देखिएको हो।

 

प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ उपाध्यक्ष पदको शपथ बिहीबार, असोज २२, २०८३
आन्दोलनरत चिकित्सकसँग शिक्षा मन्त्रालयको छलफल बिहीबार, असोज २२, २०८३
च्यासलमा एमालेको स्थायी कमिटी बैठक सुरु बिहीबार, असोज २२, २०८३
काँग्रेस महाधिवेशनमा मतदानको समय पुनः परिवर्तन, दिउँसो २ बजेबाट सुरु गर्ने तयारी बिहीबार, असोज २२, २०८३
एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईसहित चार जनाविरूद्ध मुद्दा चलाउनुपर्ने प्रहरी निष्कर्ष बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्