काठमाडौं- कपिलवस्तुको वाणगंगा नगरपालिकामा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ । गएराती १ बजे अज्ञात समूहको गोली प्रहारबाट घरमै बसिरहेकी एक महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा वाणगंगा नगरपालिकाकी ४ कुवेरापुर अनिता पौडेल रहेको प्रहरीले जनाएको छ । उनको शव पोष्टमार्टमको लागि उनको शव अहिले तौलिहवा अस्पताल पठाइएको कपिलवस्तुका डिएसपी रवि रावलले जानकारी दिए । घटनाको कारण भने खल्न सकेको छैन ।
खान खाएर घरमा बसेका बेला राति दुई जानको समूहका आएका व्यक्तिले पौडेलमाथि गोली हानेर फरार भएको बताइन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।