काठमाडौं– कपिलवस्तुको वाणगंगा नगरपालिकामा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ।
गए राति १ बजे अज्ञात समूहको गोली प्रहारबाट घरमै बसिरहेकी एक महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ कुवेरापुरकी अनिता पौडेल रहेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको कपिलवस्तुका डिएसपी रवि रावलले जानकारी दिए।
घटनाको कारण भने खुल्न सकेको छैन।
खाना खाएर घरमा बसेका बेला राति दुई जनाको समूहमा आएका व्यक्तिले पौडेलमाथि गोली हानेर फरार भएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।