रुपन्देही– देशभर एनसेलका विभिन्न ठाउँमा विष्फोट र आगलागीका समाचार आएका छन्। रुपन्देहीको गैडहवा नगरपालिका–३ सूर्यपुरामा रहेको एनसेल टावरमा पनि आगलागी गरिएको छ।
राती १०/११ बजेको समयमा एनसेलको कनेक्सन तोडेर तारमा आगलागी गर्दा झण्डै ४ लाख बराबरको क्षति भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
रातमा लागेको आगो दमकल नआएपछि प्रहरीले करेन्टकोसमेत प्रभाह नमानी निभाएको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले जनाकारी दिए।
आगलागी कसले लगायो भन्ने खुलेको छैन।
एनसेल टावरमा सुरक्षा गार्ड समेत नबस्ने गरेकाले आगो लगाएर भागेको प्रहरीको अनुमान छ।
आगलागीबाट मानवीय क्षति भने पुगेको छैन। यस्तै कपिलवस्तु लगायत अन्य जिल्लामा पनि टावरमा आगलागी भएको प्रहरीले उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।