काठमाडौं– भैंसेपाटीको नख्खुस्थित एनसेल कार्यालयको गेट अगाडि विष्फोट हुँदा ३ जना घाइते भएका छन्।
घाइते हुनेमा आरुसा मानन्धर, प्रतीक्षा खड्का र सिंह प्रसाद गुरुङ रहेको डिएसपी अपिल बोहराले नेपाल लाइभलाई जानकारी दिए।
घाइतेहरूको मेडिसिटी, बि एन्ड बि र अल्का अस्पतालमा उपचार भइरहेको छ।
त्यसैगरी काठमाडौंको कमलपोखरीमा पनि बम फेला परेको प्रहरीले जनाएको छ।
घटना कसरी भयो भन्ने थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।